मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित
बिहीबार, २७ पुस २०७४, १८ : ५१
काँकडभिट्टा– मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए ।
बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट रु ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य स्रोतबाट रु दुई करोड सात लाख ११ हजार ९ सय ४४ विनियोजन गरिएको छ ।
यसैगरी, खर्चतर्फ प्रशासनिक ९उपभोग० शीर्षकमा रु १२ करोड ९८ हजार २६९ र पूँजीगत शीर्षकमा रु ८८ करोड ३१ लाख एक हजार ७३१ विनियोजन गरिएको छ ।
खर्चमा हरेक वडालाई रु एक करोड १५ लाखका दरले छुट्टै बजेट दिइने र तीन करोड ५० लाखको ट्र्याक्टर, टिपर, एक्साभेटर र ग्रेडर खरिद गरिने बजेटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
फास्ट ट्रयाक समयमै सम्पन्न गर्न समितिको सरकारलाई निर्देशन
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थप निकायलाई परिपत्र
-
गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित
-
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनियो कांग्रेस