१६ औं राष्ट्रिय महिला फुटबलः एपीएफले जित्यो उपाधि
बिहीबार, २७ पुस २०७४, १७ : ५७
काठमाडौं– बिहीबार सम्पन्न १६ औं राष्ट्रिय महिला फुटबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ टिम विजयी भएको छ । राखेप चम्पियनसिप अन्तर्गतको सो प्रतियोगितामा शतप्रतिशत जित निकाल्दै एपीएफ विजयी भएको हो । ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा भएको खेलमा शसस्त्रको टिमले नेपाल पुलिस ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
खेलमा एपीएफकी स्ट्राइकर सावित्रा गुरुङले २ गोल गर्न सफल भएकी थिइन् भने पुलिसतर्फकी रुपा मगरले सान्त्वना गोल गरेकी थिइन् । खेलमा एपीएफले सुपरलिगका तीनवटै खेलमा जित हासिल गरेको छ । यसअघि भएको खेलमा एपीएफले त्रिभुवन आर्मी र सुदुरपश्चिमलाई पनि हराएको थियो । विजयी हासिल गरेको एपीएफले २ लाख पुरस्कार पाएको छ भने उपबिजेत त्रिभुवन आर्मीले १ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो सुरु, तस्बिरमा हेर्नुहोस्
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ