बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१६ औं राष्ट्रिय महिला फुटबलः एपीएफले जित्यो उपाधि

बिहीबार, २७ पुस २०७४, १७ : ५७
बिहीबार, २७ पुस २०७४

काठमाडौं– बिहीबार सम्पन्न १६ औं राष्ट्रिय महिला फुटबल प्रतियोगितामा शसस्त्र  प्रहरीको  एपीएफ टिम विजयी भएको छ । राखेप चम्पियनसिप अन्तर्गतको सो प्रतियोगितामा शतप्रतिशत जित निकाल्दै एपीएफ विजयी भएको हो । ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा भएको खेलमा शसस्त्रको टिमले नेपाल पुलिस ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा एपीएफकी स्ट्राइकर सावित्रा गुरुङले २ गोल गर्न सफल भएकी थिइन् भने पुलिसतर्फकी रुपा मगरले सान्त्वना गोल गरेकी थिइन् । खेलमा एपीएफले सुपरलिगका तीनवटै खेलमा जित हासिल गरेको छ । यसअघि भएको खेलमा एपीएफले त्रिभुवन आर्मी र सुदुरपश्चिमलाई पनि हराएको थियो ।  विजयी हासिल गरेको एपीएफले २ लाख पुरस्कार पाएको छ भने उपबिजेत त्रिभुवन आर्मीले १ लाख रुपैयाँ पुरस्कार पाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप