केटाबाट केटी बनेर सैफको हिरोइन बन्दै यी नायिका
मुम्बई । सैफ अली खान नयाँ चलचित्र ‘कालाकान्डी’ मा देखिँदैछन् । यसमा सैफसँग नायिका बनेर देखिँदैछिन्, नैरी सिंह ।
वास्तवमा नैरी सिंह पहिले पुरष थिइन् । पुरुषबाट महिला बन्ने आफ्नो सफर सहज नभएको उनी बताउँछिन् । नरेन्द्र सिंहबाट नैरी सिंह बन्ने प्रक्रियाबारे उनी बताउँछिन्, ‘सानैदेखि मेरो बहिनीहरु मलाई घाँघरा लगाइदिन्थे र टिका लगाइदिन्थे ।’
टिभीमा सफल भएपछि नैरीले पुरुषबाट महिला हुने निधो गरिन् । यसबीच उनले बलिउडका चलचित्र ‘तमाशा’ र ‘मम’ गरिन् । अहिले उनी सैफसँग कालाकान्डीमा देखिँदैछिन् ।
नैरी भन्छिन्, ‘एक पटक मुकेश छाबडा (तमाशा का कास्टिङ निर्देशक) सँग् भेट भयो । उनले मलाई अडिसनका लागि बोलाए । एक महिनापछि उनले मलाई समलिङ्गीको भूमिका दिने बताए । तर, म यस्तो भूमिकाबाट बच्न चाहन्थे । तर, जब मैले चलचित्रमा रणवीर कपूर रहेको थाहा पाएँ मैले त्यसलाई नकार्न सकिँन । रणवीर मेरो सबैभन्दा प्रिय कलाकार हुन् । इम्तियाज अलीले मलाई राम्रो व्यवहार गरे । उनले मलाई कहिले पनि दीपिका पाडुकोणभन्दा कम सम्मान दिएनन् । सेटमा राम्रो ख्याल राख्थे ।’
अक्षत वर्माको निर्देशनमा बन्न लागेको कालाकान्डीका लागि नैरी निकै उत्साहित छिन् ।
आफ्नो को–स्टार सैफबारे नैरी भन्छिन्, ‘रिहर्सलको दौरान जब पहिलो पटक सैफले मसँग भेटे उनले मलाई माथिदेखि तलसम्म हेरे अनि भने – तपाईँ निकै सेक्सी देखिनुहुन्छ । म तपाईंलाई अंकमाल गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर