शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सकियो वार्षिक खेलकुद प्रतियोगिता

बिहीबार, २७ पुस २०७४, १६ : १७
बिहीबार, २७ पुस २०७४

भद्रपुर– ‘अनुशासनका लागि खेल, व्यावहारिक शिक्षाका लागि प्रयोगात्मक ज्ञान’ नाराका साथ भद्रपुर नगरपालिका– ३ मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।  मुनाल एकेडेमीले सञ्चालन गरेको तीन दिवसीय वार्षिक खेलकुद कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 

अतिरिक्त ज्ञान र विद्यार्थीको स्वास्थ्यका लागि आधारभूत आवश्यकताका रुपमा वार्षिक खेल कार्यक्रम गरिएको मुनाल एकेडेमीका प्रिन्सिपल इन्द्रबहादुर खतिवडा बताए । प्रतियोगितामा नर्सरीदेखि कक्षा १० सम्मका ४५० विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप