शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने

बिहीबार, २७ पुस २०७४, १५ : २२
बिहीबार, २७ पुस २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् ।

 विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले बताए । 

नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा सम्भवत आजै साँझ राजीनामा बुझाउने तयारी भएको उनले जानकारी दिए । 

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै  एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप