शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोरम नेता यादवद्वारा १५ करोडको १० कट्ठा जग्गा दान

बिहीबार, २७ पुस २०७४, १३ : ४८
बिहीबार, २७ पुस २०७४

सप्तरी – संघीय समाजवादी फोरम नेपालका नेता अनिरुद्ध सिंह यादवले आफ्नो दश कट्ठा निजी जग्गा सरकारलाई दान गरेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकाको भवन निर्माणका लागि सो जग्गा फोरम नेता यादवले दान गरेका हुन् ।

करिब १५ करोड मूल्य बराबरको सो जग्गामा नगर भवन निर्माण गरिने बोदेबरसाइन नगरपालिकाका प्रमुख अतेशसिंह यादवले जानकारी दिए । भर्खरै सम्पन्न भएको प्रथम नगर सभाको भेलामा नेता यादवले नगर भवन निर्माणका लागि सो जग्गा दान गरेका हुन् ।

दान गरिएको जग्गा बोदेबरसाइन नगरपालिका वडा नंं ५, बोदेबरसाइन बजारमा हुलाकी सडक नजिकै रहेको छ । जग्गा दान गर्ने नेता यादव नगर प्रमुख अतेशसिंह यादवका बुबा हुन् ।

फोरम नेपालका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका इन्चार्ज यादवले जग्गा दान गरेसँगै बोदेबरबाइन नगरपालिकालाई आफ्नो भवन निर्माण गर्न सहज भएको छ ।

राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा सप्तरीमा चर्चित रहेका यादवले चार महिना अघि ८ कट्ठा दुई धुर जग्गा विद्यालयलाई दान गरेका थिए । बोदेबरसाइन नगरपालिकामा ५ करोड बराबर लागतको सो जग्गा श्री चन्दर शत्रुधन माविमा प्लस टू भवन निर्माणका लागि दान गरेका थिए ।

बोदेवरसाइन नगरपालिकाको सम्पन्न नगरसभाबाट आव २०७५÷०७६ का लागि रु ५५ करोड ७८ लाख एक हजार ७०० को अनुमानित खर्च सार्वजनिक गरेको छ । कार्यक्रममा नगरप्रमुख आतेशसिंह यादवले बजेट प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप