शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेलबाट बालकृष्ण ढुंगेलले भने– गोविन्द केसीको आन्दोलनलाई मेरो अभिवादन !

बिहीबार, २७ पुस २०७४, १२ : ३६
बिहीबार, २७ पुस २०७४

काठमाडौं – सदरखोर कारागार डिल्लीबजारमा कैद भुक्तानी गरी रहेका माओवादी नेता बालकृष्ण ढुङेलले जेलबाटै डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् ।

ढुङेललाई भेट्न सदरखोर पुगेकी उनकी जेठी छोरी विनिताले बालकृष्णलाई उदृत गर्दै आफ्नो फेसबुक वालमा लेखेकी छन्– ‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा. गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’

२०५५ असार १० मा ओखलढुङ्गाका भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा कार्तिक १४ गते काठमाडौंको सातदोबाटोबाट पक्राउ परेका उनले उनले अदालतका विरुद्ध केसीले चलाएको आन्दोलनमा समर्थन जनाएका हुन् ।

छोरी विनिताले आफू १५ दिनपछि बुबालाई भेट्न जाँदा आफूलाई बुबाले यो सन्देश पु¥याई दिन भनेको उल्लेख गरेकी छन् । दुई छोरी र एक श्रीमती रहेका ढुङ्गेल कपन बस्दै आएका छन् ।

यसअघि अदालत पीडित संघ खोलेर बालकष्ण ढुङ्गेलले आफूहरुमाथि अदालतले अन्याय गरेको भन्दै पक्राउ पर्नु अघि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुलाई भेटेर जनयुद्धकालिन मुद्धालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हल गरिनु पर्ने जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप