‘मिस्टर झोले’ को हङकङमा प्रिमियर
काठमाडौं –पुसबाट देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर झोले’ यहि आईतबार (जनवरी १४) हङकङमा प्रिमियर हुने भएको छ ।
मृगौला पिडित दीलुमाया गुरुङको सहयोगार्थ प्रिमिएर गर्न लागिएको हो ।
‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् । ‘अडीटोरियम युएन लंग’ थिएटरमा बेलुका ८ बजे हुने शो को लागि पुरानो नाँचघर अगाडीबाट स–शुल्क बसको पनि व्यवस्था गरिएको छ ।
निर्देशक रामबाबू गुरुङका अनुसार सो प्रिमिएरमा उनीसहित कलाकार दयाहाङ राई र दीया पुन सहभागी हुनेछन् । चलचित्रमा दया र दीयासहित बुद्धि तामाङ, विजय बराल, प्रविण खतिवडा, कमलमणि नेपाल, अरुणा कार्कीसहितको अभिनय रहेको छ ।
कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वरको नृत्य निर्देशन रहेको चलचित्र मिष्टर झोलेलाई टेकेन खड्का र रौनक विक्रम कँडेलले मिलेर बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान