मुस्ताङमा स्की प्रतियोगिता हुँदै
काठमाडौँ– नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउन स्की खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ । सन् २०१८ को अन्तिम सातादेखि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आयोजना हुने सो प्रतियोगितामा दशभन्दा बढी देशका स्की खेलाडीले अति हिमाली सुन्दरताको आनन्द लिँदै हिँउ कुद्न पाउनेछन् । हिमालय स्की ट्रेडले संयोजन गर्ने सो प्रतियोगिता मुख्य पथप्रदर्शक कृष्ण थापाले गर्नुहुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अन्तर्राष्ट्रिय स्की खेलाडीसमेत रहेका थापाले नेपालका हिमाली क्षेत्रमा स्कीको अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सम्भव छ भन्ने सन्देश विश्वसामु दिन प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
हरेक वर्ष जनवरीको पहिलो हप्ता उनको मुख्य संयोजनमा मुक्तिनाथ, गोसाइँकुण्ड, धौलागिरि क्षेत्रमा स्की तालीमसमेत हुँदै आएको छ । यसपटकको तालीममा नेपालसहित विश्वका ६० भन्दा बढी युवाको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा हिमालय स्की ट्रेडका पूर्व प्रबन्ध निर्देशक एवं स्की खेलाडी ललितबहादुर श्रीसले नेपालका हिमाली क्षेत्र स्की खेलका लागि आकर्षक गन्तव्य रहेको बताए । नेपालमा स्की खेल प्रवद्र्धन गर्न सहयोग गरिरहेका हिमालय स्की ट्रेडका व्यवस्थापक प्रभात अधिकारीले सरकारले स्की खेलको विकास गर्न सहयोग गर्नुपर्ने विचार राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा