शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस बर्ष कंगनाको हंगामा

बुधबार, २६ पुस २०७४, १४ : ३०
बुधबार, २६ पुस २०७४

मुम्बई– गतबर्ष अभिनेत्री कंगनाका लागि फलदायी रहेन । तर २०१८ ले सुरुवातमै उनको जीवनका केही सुख लिएर आएको छ । एकातर्फ उनको मनपर्ने घर मनाली बस्नका लागि योग्य भएको छ भने अर्काे तर्फ उनलाई चलचित्र अभिनयमा बलिउडका बिग बि अमिताभ बच्चनको साथ मिलेको छ ।

सबैभन्दाा खुसीको कुरो अर्काे पनि छ । त्यो के हो भने गतबर्ष उनी जसको कारणले विवादमा घेरिएकी थिइन् । यसबर्ष सोही अर्थात करण जौहरकै कारण खुसी मिलेको छ । 

गतबर्ष बक्स अफिसमा उनका कुनै चलचित्रले सफल भएनन् । तर यसबर्ष उनी मणिकणिकाको ‘द क्वीन आफ झांसी’ का कारणले धमाल मच्चाउने छिन् । यस चलचित्रमा अमिताभ बच्चन कंगनाको आफन्तको भूमिकामा रहनेछन् । यस चलचित्रको तयारी बिगत २ महिनादेखि कंगनाले गरिरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप