रिलमा प्रेम गर्दै रियल प्रेम जोडी
बुधबार, २६ पुस २०७४, १४ : ०३
काठमाडौं – अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको एक चलचित्रमा रियल प्रेम जोडीले रिलमा प्रेमको अभिनय गर्ने भएका छन् ।
अर्थात चलचित्रको मुख्य भूमिकामा अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतको चर्चा चलेको छ । यी दुबै रियल लाइफका पनि प्रेम जोडी हुन् । यी दुबैको प्रेम किस्सा संचारमाध्यममा पटक पटक छाउने गरेको छ ।
दिपेश सापकोटाको निर्देशन रहने चलचित्र मार्फत संजोग र वर्षा पहिलो पटक एकसाथ देखिन लागेका हुन् ।
यी दुबैको अलवा निर्माता श्रेष्ठ र नरेन खड्का, बिष्णु चेम्जोंगको समेत चलचित्रमा अभिनय रहनेछ । चलचित्रमा शिव श्रेष्ठसँगै बिष्णु चेम्जोंग लिम्बु, यशोदा राई, दिनेश दर्शनधारीको लगानी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो