बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुरका सडकपेटीमा राति–राति भेटिए धुर्मुस

बुधबार, २६ पुस २०७४, १३ : १७
बुधबार, २६ पुस २०७४

 धनुषा–पक्की घरभित्र बाक्लो सिरकभित्र छिर्दा समेत चिसो छल्न गाह्रो छ । तर, सिताराम कट्टेल (धुर्मुस) भने केही दिनयता तराईका शीतलहर पीडितहरुका लागि काँखीमा कम्बल च्यापेर गल्ली गल्ली चहारिहेका छन् रातिराति ।

प्रधानमन्त्री, मन्त्री सिंहदरबारमा न्यानो हिटरमा तातो चिया खाएर गफि रहदा तिनै धुर्मुस तराईको शीतलहरमा आफु कठ्यांग्रिदै पीडितहरुलाई न्यानो बाड्न खटिएका हुन् । मिथिलाको पावन भूमि जनकपुरमा धुर्मुस मंगलबार राति १० बजे कम्बल च्यापेर जनकपुरको जानकी मन्दिर परिसरमा भेटिए ।
शीतलहरले धुर्मुस आफै निर्थुक्क भिजेका थिए । तर उनलाई सबैभन्दा बढि पीडा भइरहेको थियो –जानकी मन्दिर परिसरमा कार्टुनमा लुगाफाटोको अभावमा रात विताइरहेका असहायहरुलाई देखेर । जव धुर्मुसले ती असहायलाई कम्बल ओढाए, न्यानो पाउने ती असहायले धुर्मुसलाई भने,‘प्रभु हाम्रो भगवान तपाई नै हो’ धुर्मुस यो शब्द सुनेर भावुक भए ।

त्यहाँ उपस्थित सञ्चारकर्मीहरुसँगे धुर्मुसले भने,‘मरिलानु केछ र ? हामीलाई मधेशी पहाडी भनेर छुट्याउँछन् । तर हामी हिमाल , पहाड तराई मधेश जहाँ जन्मे पनि नेपाली हौं, मानव हौं । आपतविपतमा हामी सबैले एकअर्कालाई सहयोग गरौं । मानवीय धर्म निर्वाह गरौं । ’

मंगलबार राति धुर्मुसले जनकपुरका समाजिक अभियन्ता एवं पत्रकार शैलेन्द्र महतो क्रान्ति र सन्तोष सिंहको समन्वयमा जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर, जनकचोक, जानकीचोक , रामचोक, मुलरीचोक, विश्वकर्माचोक लगायतको स्थानमा फुटपाथ र सडकपेटीमा रात विताउँने मानसिक रोगी, वृद्धवृद्धा, अपांग, अनाथ लगायतका १५ जना असहायलाई न्यानो कम्बल वितरण गरे । गत एक सातादेखि जनकपुरका पत्रकार क्रान्ति र सिंहको समन्वयमा फाण्डेशनले  राति राति फुटपाथमा ३० जनभन्दा बढीलाई न्याने कम्बल वितरण गरिसकेको छ ।  
    
धुर्मुस सुन्तली फाउण्डेशनले चिसोसंगै चलेको सितलहरको बेलादेखि लगातार ११ दिनदेखि जाडौ प्रभावित तराई मधेशका बारा,रौतहट,सर्लाही, महोत्तरी,धनुषा ,सिरहा लगायतको जिल्लाको विभिन्न स्थानका दलित एवं विपन्न वस्तीमा गएर न्यानो कम्बल वितरण गर्दै आएको छ ।

 मंगलबार महोत्तरीको बथनाहामा जाडो प्रभावित २ सय दलित एवं विपन्न घरपरिवारलाई धुर्मुस आफै पुगेर न्यानो कम्बल वितरण गरि फर्केर राति जनकपुरको सडकपेटी र फुटपाथमा रात गुजार्ने असहायलाई कम्बल वितरण गरेका छन् । 

कम्बल वितरणमा नेपाल ईन्जिनियरिंग एसोसिएसनका उप महासचिव रविभुषण झा र पत्रकार राजकरण महतोले सघाएका थिए । राति नै धुर्मुस कम्बल बोकेर सप्ती र सुन्सरी जिल्लाका बाढीप्रभावित एवं सितलरहल पीडितहरुका लागि कम्बल बोकेर त्यसतर्फ ह्ँिडेका छन् । अहिलेसम्म तराई मधेशका सितलरहल प्रभावित २५ सय घरपरिवारलाई न्यानो कम्बल वितरण गरिसकेको र अव पूर्वका सितलरहर प्रभावित जिल्लाहरुमा पुगेर वितरण गर्ने धुर्मुसले बताएका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप