केन्द्रीय संस्करण

पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

person access_timeपुस २६, २०७४ chat_bubble_outline0

पोखरा–राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३ औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ ।  नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघको संयुक्त  आयोजनामा हुने सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ ।  प्रतियागितामा पुरुष र महिलातर्पm नौ÷नौ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । तौल तीनपटक उठाउन खेलाडीलाई मौका पाउने र प्रत्येकपटक तौल उठाउन खेलाडीलाई एक मिनेटको समय दिइनेछ । 

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई सन् २०१९ मा नेपालमा हुने दक्षिण एशियाली क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागी गराउन जिल्ला भारोत्तोलन संघका उपाध्यक्ष उमेश सिकेले बताए । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X