बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्सको ७ दिनमा ७ शाखा

बुधबार, २६ पुस २०७४, १२ : ४४
बुधबार, २६ पुस २०७४

काठमाडौं–यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन वीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन शाखा संजाल विस्तारलाइ प्राथमिकतामा राखेको जनाएको छ । 
कम्पनीले  गएको ७ दिनभित्र मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा, बर्दघाट गरी ७ वटा नँया शाखा तथा उपशाखा स्थापना गरि सेवा शुभारम्भ गरेको जनाएको छ । 
ति शाखा संचालन पश्चात कम्पनीको शाखा संजाल ३३ पुगेको जनाइएको छ । 
 शाखा संजाल बाहेक इच्छुक व्यक्तिले बैंकासुरेन्स सम्झौता अनुरुप एनएमबि बैंक का ९० भन्दा बढी शाखा संजालबाट समेत सो  कम्पनीले जारी गरेका वीमा योजना खरिद गर्न सक्ने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप