बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसी पक्राउबारे युएर्इमा रहेका नेपालीको मिश्रित प्रतिकृया, कसले के भने ?

बुधबार, २६ पुस २०७४, ११ : १५
बुधबार, २६ पुस २०७४

प्राध्यापक डा. गोबिन्द केसी  पक्राउ परेसँगै देश बिदेशमा रहेका  नेपालीहरूले निकै चासो देखाएका छन्। यसबारे पक्ष विपक्षमा टिप्पणीहरू पनि भइरहेकै छन् । यसै बिषयमा युएर्इमा रहेका नेपालीहरूले केसी पक्राउ प्रकरणालाइ कसरी लिएका छन् ?  राताेपाटीका लागि  बिनोद श्रेष्ठसँगले लिएकाे प्रतिक्रियाः

 अदालतलार्इ सम्मानित बनाउने काम न्यायाधिशको मात्रै होइन
 श्याम कंडेल अध्यक्ष (प्रबासी नेपाली मन्च युएर्इ)

संबिधान त कानुन भन्दा माथी कोहि छैन। डाक्टर  केसीका मागहरु जायज होलान तर उहाँले बोल्दा बिचार गर्नै पर्छ। सम्मानित अदालतलार्इ सम्मानित बनाउने काम न्यायाधिशको मात्रै होइन,हामी सबै सचेत नागरिकको कर्तव्य पनि हो।
 सरकारी कार्यालय र अदालत भित्र भ्रष्टचार हुन्छ,सबैलाइ थाहा भएकै कुरा हो। शिक्षण पेसामा सङ्लग्न शिक्षक बाहेक प्रायः सबै सरकारी निकायमा काम गर्नेहरु भ्रष्ट छन र पीडित किसान र मजदुरहरु नै हुन। डाक्टरले अरुको जिवनमा कति खेल्वाड र लापरबाही गर्छ भन्ने कुरा आफैले भोगेको छु। डाक्टरहरुले नैतिकता बेच्न पर्नुको मुख्य कारण महङ्गो शिक्षा नै हो।

 सरकारले करिब २५० किसिमका औषधीहरु निशुल्क दिन अरबौ रुपियाको खरिद गरेको छ। तर अहिलेसम्म जनताले ति औषधी पाएका छैनन। केहि समय नाघेको औषधी पहाडी मुलुकमा पुगे पनि सबै औषधी मिलेमतोमा बिक्रि गरि डाक्टर र अस्पतालका कर्मचारी अनि मन्त्रालय सम्म भाग पुग्छ। एकपटक सोचौं त  हरेक सरकारी कार्यालयमा काम गर्ने एउटा सामान्य तलब पाउने कार्यालय सहायकले  कसरी बनाउछन काठमाडौमा महल? भ्रष्टचार निवारण गर्ने हो भने हरेक नेपालीको ३० बर्ष अघि देखी हाल सम्मको सम्पती छानबिन गरी अकुत रुपमा आर्जित धन राष्ट्रियकरण गर्न सक्नु पर्छ। 

त्यसपछी भ्रस्टाचार, ठगी र कालोबजारी जस्ता अनैतिक काम गरी कालो धन कसैले आर्जन गर्ने हिम्मत गर्ने छैनन।  हरेक सरकारी कर्मचारी, निजि ब्यबसायी, जनप्रतिनिधि, लगायतको सम्पति छानबिन गर्ने हो भने शायद तिनिहरुको आन्दोलन सरकारले थेग्न नसक्ने हुनाले नै कसैले चाहेर पनि केहि गर्न नसकेको होकि भन्ने लाग्छ। समाजसेवी डाक्टर केसीलाइ एकपटक माफी दिदै अदालतको मानहानीको मुद्दा अबिलम्ब फिर्ता गरि रिहाइ गर्न जोडदार माग गर्दछु। भ्रस्टाचार मुक्त अभियानमा आउने जो कोहि लाइ मेरो साथ र समर्थन रहनेछ। 

कानुनी सर्वोच्चता माथी विश्वास सबैले गर्नु पर्छ
पासाङ् छिरिङ् शेर्पा अध्यक्ष (अादिबासी जनजाती महासंघ युएर्इ)

मुख्य कुरा कानुनी सर्वोच्चता हो। डा. गोविन्द केसीलाई देशको बेथितिले यति धेरै पिरोलेको छ,भने खुल्ला राजनितिमा आउन किन चाहदैनन् ? सरकारी जागिरे भए पछि आफ्नो कार्यक्षेत्रमा सिमित रहनु पर्ने नियम उनमा किन लागू नहुने? उनको माग नाजायज भनिएको होइन तर कानुनी सर्वोच्चता माथी विश्वास सबैले गर्नु पर्छ, कुनै मान्छे मन नपर्दैमा अनशन बसेर फ्याँक्छु भन्नू त अचाक्ली भयो नि ।

अदालतले अब जेलहरु धेरै बनाएर हुन्छ 
भुपराज बस्याल अध्यक्ष (नेपाल पत्रकार महासंघ युएर्इ)

डाक्टर गोबिन्द केसीलाई तत्काल रिहाई गर्दै लोकतान्त्रिकमा जनताको वाक स्वतन्त्रताको अधिकार प्रत्याभूत गरियोस । कानुनको पालना गर्न लगाउने सम्मानित अदालतबाट जनातले बोलेकै आधारमा जेल बस्नुपर्ने आदेश दिनुले अदालतको बिश्ववासनियता माथी गम्भीर प्रश्न उठ्छ । पटकपटक जनाताका मागहरू उठान गर्दै आएका डाक्टर गोबिन्द केसी विरुद्ध विगतका अनशनमा पनि केहि माफियाहरु नलागेका भने होइनन् तर यस पटक सम्मानित अदालत नै प्रष्ट देखियो । जनताका मुद्दा  बर्षौ सम्म छिनोफानो गर्न नसक्ने अदालतले आफ्नो विरुद्ध बोलेको चार घण्टामै पक्राउ लगाउनुले निरंकुशता संकेत गर्छ । 
आफ्ना विरुद्ध बोल्ने जति जेल ठोक्ने हो भने सम्मानित अदालतले अब जेलहरु धेरै बनाएर हुन्छ । होइन भने अदालत माथी उठेका गम्भीर प्रश्नहरुको जवाफ दिदै डाक्टर गोबिन्द केसिलाई बिनासर्त रिहाई गरिनु पर्छ ।

 तुरून्त रिहा गरियोस्
 कृष्ण के.सी अध्यक्ष (एकता समाज युएर्इ)

गोबिन्द केसी देश र जनताको लागी राम्रो मान्छे हुन्।  मेडिकल माफिया हरको चल खेल तुरन्त बन्द हुनु पर्छ। उनलार्इ स सम्मान तुरून्त रिहा गरियोस्।

न्यायको लागि बनेको अदालत कतै अन्याय त गर्दै छैन ? 
राजु खड्का संरक्षक (अर्घाखाँची सम्पर्क समिति युएर्इ)

न्याय नपाए गोर्खा जानु भन्ने नेपाली उखान आज जनताको अधिकारका लागि लडेका डा. गोविन्द केसीको प्रकाउ पछि संकास्पद बनेको छ। अदालतको अवहेलना मुद्दामा रातारात पक्राउ परेका डा. गोविन्द केसीको रिहाइको लागि जब पूर्व प्रधानमन्त्रीहरु सडकमा देखिए, सामाजिक सन्जालमा देश बिदेसमा रहेका युवाहरुको आक्रोसबाट पनि न्यायको लागि बनेको अदालत कतै अन्याय त गर्दै छैन भन्ने कुराको झल्को दिईरहेको जस्तो लागेको छ। 

यसरी गरीब जनताको लागि आवाज उठाउने र आफ्न मागहरुलाई शान्ती प्रकृयाबाट अनशन बसि सहज हिसाबले हल निकाल्ने उदेश्य बोकेका डा.केसी  सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसे लगत्तै प्रकाउ आदेश दिने निर्णयले हामी नेपालीले न्यायपालिकालाई कसरी हेर्न सकिन्छ? केबल प्रश्न नै प्रश्न छन। हुनत योग्यता भन्दा पनि राजनीति भागबन्डा बाट नियुक्त गरिने प्रकृयाको कारणले नै आज यो दिन देख्न परेको हो भन्न सक्छु म। 

 मेडिकल माफिया हटाउन हामी ३ करोड नेपाली लाग्नु पर्छ
 भुबन गुरूङ्  (गाँउगाउमा कम्युटर शिक्षा अभियान्ता,युएर्इ)

डा. केसीको गिराफ्तारीले नेपालको स्वास्थ्य क्षेत्र (मेडिकल) माफिया कै हालीमोली रहेछ। न कि सरकारको भन्ने प्रष्ट भयको छ । यो मेडिकल माफियाको जालो फटाउन डाक्टर केसी र केहि स्वास्थ्य कर्मचारी मात्र होइन हामी ३ करोड नेपाली नै लाग्नु पर्छ।

नेपालमा सक्षम ब्याक्ति जेल र डन गुण्डागर्दी गर्नै सरकारमा भयो।
हरी चाँपागार्इ ब्याबसायी एवं अध्यक्ष (रूपन्देही समाज युएर्इ)

डा. केसीले उठाएका मुद्दा नेपाल र नेपालीको लागी  जाहेज छ। तर राजनितिक माफियाहरूले अाफ्नो कुर्ची र ब्याबसायको लागी उनको लोकप्रियता घटाउन प्रयोग गरेको हो। नेपालमा सक्षम ब्याक्ति जेल र डन गुण्डागर्दी गर्नै सरकारमा भयो। यो दुखद् छ।

 बलराम बस्नेत -(सुरक्षाकर्मी)
देशको अस्थिर राजनिति अस्थिर सरकार र भागबण्डाको नियुक्तीले गर्दा सक्षम ब्याक्ति पाखा र असक्षम ब्याक्ति काँखा हुने गलत प्रबृतीले प्रसय पाउदैछ।इतिहासलार्इ पल्टाएर हेर्ने हो भने निस्वार्थ भाबनाले देश र जनता प्रति र्इमान्दारीता देखाउनेहरू कुनै न कुनै बहानामा अपहेलित भएका उदारहणहरू थुप्रै छन्।
डा.केसीको गिरफ्तारी त्यही उदारहणका एक पात्र हुन्।घाम,पानी,हुरी,बतास नभनि जनताको दुखेको घाउमा मलम पट्टी लगाउदै मेडिकल माफिया बिरूद्द १४ अाैं पटक सम्म अनसन बसेका डा. केसीको तुरून्तै रिहा गरियोस्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप