डा. केसीको भ्रष्टाचार बिरोधी अभियानमा अमेरिकाबाट एेक्यवद्धता
काठमाडाैं–प्रधानन्यायाधीस गोपाल पराजुलीको बिरुद्धमा अभिब्यक्ती दिएपछि पक्राउ परेका अभियन्ता डाक्टर गोबिन्द केसीको अभियानमा भ्रष्ट्राचार बिरुद्ध बिभिन्न अभियानहरु चलाउँदै आएको संस्था हेम सरिता पाठक फाउण्डेशनले पनि एेक्यवद्धता जनाएको छ । अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको फाउण्डेशनले सोमबार एक बिज्ञप्ती जारी गर्दै डाक्टर केसीलाई तत्काल रिहाई गर्न माग समेत गरेको छ ।
फाउण्डेशनले जारी गरेको बिज्ञप्तीका अनुसार अदालतप्रति आफुहरुको पनि उच्च सम्मान रहेको र हरेक नागरिकले अदालतको सम्मान गर्नु उसको दायित्व भएको भए पनि जब कोहि ब्यक्तीले अदालतमा रहेर खराब कार्य गर्न खोज्दछ भने उस प्रति औंला ठड्याउनु पनि सचेत नागरिकको दायित्व भएको समेत जनाइएको छ ।
भष्ट्राचार गर्ने या भ्रष्ट्राचारीलाई सहयोग गर्न खोज्ने ब्यक्ती कसैको पनि नहुने मान्यता बोकेर अगाडि बढेको संस्थाले न्यायलय वा प्रशासनिक क्षेत्र जंहा भए पनि नागरिकले खबरदारी गर्दैमा आत्तीएर उसलाई थुन्न खोज्नु भन्दा पनि जनहितका लागि काम गर्ने हुनु पर्ने जनाइएको छ । नेपालमा लाखौं मुद्धाहरु लाईनमा भएको बेला गोबिन्द केसीको मुद्धा भने नाटकिय रुपमा अगाडि बढाईएकोमा पनि फाउण्डेशनले आश्चर्य प्रकट समेत गरेको छ ।
फाउण्डेशनले नेपालको भष्ट्राचार अन्त्यका लागि हरेक बर्ष भष्ट्राचार बिरुद्ध उत्कृष्ट कलम चलाउने पत्रकार, साहित्यकार र राष्ट्रसेवकहरुलाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै आएको छ ।
फाउण्डेशनले भष्ट्राचार बिरुद्ध अभियानका लागि गितहरु समेत निकाल्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी