सोह्रौ महिला राष्ट्रिय लिग फुटबलः त्रिभुवन आर्मी क्लब पराजित

काठमाडौँ– राष्ट्रिय खेलकूद परिषद(राखेप) च्याम्पियनसिपअन्तर्गत सोह्रौँ महिला राष्ट्रिय लिग फुटबलको सुपर लिग खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा एपिएफले आर्मीलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीकी कप्तान कृष्णा खत्रीले खेलको पहिलो हाफको १७औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिले अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा एक गोलले अगाडि रहेको आर्मीको त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफमा एपिएफले दुई गोल फर्कायो । खेलको ५०औँ मिनेटमा एपिएफकी अनिता केसीले एक गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।
त्यस्तै खेलको ८२औँ मिनेटमा अनिता बस्नेतले थप एक गोल गरेपछि एपिएफको जित सुनिश्चित हुनपुग्यो । सुपर लिगमा एपिएफको लगातार यो दोस्रो जित हो भने आर्मीको पहिलो हार हो । एपिएफले यसअघि सुपर लिगमा सुदूर पश्चिमाञ्चलाई पराजित गरेको थियो ।
त्यस्तै आर्मीले पुलिसलाई हराएको थियो । त्यस्तै सोही मैदानमा आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गरेको छ ।
रासस
राष्ट्रिय समाचार समिति
तपाईको ईमेल गोप्य राखिनेछ