एक दिवसीय नेत्रहीन क्रिकेट– नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ– पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको जिन्नाह स्टेडियमा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल पाकिस्तानसँग टि–२० र एकदिवसीयमा पराजित हुँदै आएको छ ।
त्यस्तै पाकिस्तानले सोमबार लाहोरमा भएको पहिलो खेलमा बंगलदेशमाथि ९ विकेटको जित निकालेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई २५९ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रेको पाकिस्तानले १९ दशमलव १ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
पाकिस्तानको लागि बदानर मुनिरले शतक प्रहार गरे । उनले ५९ बल खेलेर १२६ रन जोडे । त्यस्तै महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा अविजित रहे । नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २५८ रनको योगफल बनाएको थियो । नेपालका लागि रमेशबहादुर बानियाले सर्वाधिक ५९ रनको योगदान दिए ।
यस्तै पदक बडैलाले ५०, बद्री चौलागाइले ४९, खिमानन्द गैरेले ३० तथा भरत थापाले ११ रनको योगदान दिए । नेपालले आफनो दोस्रो खेल बुधबार बंगलादेश खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कपिलवस्तुको अधिवेशन २६ गते हुने
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा