बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित शो बन्द भएपछि के गर्दैछन् कपिल शर्मा ?

मङ्गलबार, २५ पुस २०७४, १९ : ४०
मङ्गलबार, २५ पुस २०७४

मुम्बई । भारतीय कमेडियन कपिल शर्माको फ्यानको मनमा अहिले एउटा प्रश्न हुनसक्छ । आजभोलि के गर्दै छन् कपिल ? करिब छ महिना अगाडि कपिलको कमेडी शो बन्द भएको थियो । उक्त समय शो बन्द हुनुको कारण कपिलको खराब स्वास्थ्य र प्रदर्शनको तयारीमा रहेको उनी अभिनित चलचित्र फिरंगी बताइएको थियो । कपिल छिट्टै शोमा फर्किने छन् भनिएको थियो ।

तर अहिले कपिलको चलचित्र रिलिज भइसकेको छ । उनको स्वास्थ्य पनि ठीक देखिएको छ । तर कपिलको कमब्याकको केही आधिकारिक खबर आएको छैन ।
अधिकांश समय सोशल मिडियामा सक्रिय रहने कपिललाई अहिले त्यति सक्रिय पनि देख्न सकिन्न । उनी कहिलेकाहीँ ट्वीटमा देखिन्छन् । केही तस्बिर शेयर गर्दछन् । तर धेरै सक्रिय रहँदैनन् ।

यस्तोमा हरेकको मनमा एउटा प्रश्न उठ्न सक्छ । आखिर के गर्दै छन् कपिल ? यसको जवाफ कपिलले हालै इस्टग्राममा शेयर गरेको स्नैपचैट भिडियोमा लुकेको देख्न सकिन्छ । 

‘मैले सुन्तला धेरै खाने गरेको छु । त्यसैले मेरो मुख पनि सुन्तला जस्तो भएको छ ।’ धेरै दिन पछि कपिलको यस्तो रमाइलो मजाक दर्शकले देख्न पाएका हुन् । त्यसैले पनि कपिल शोमा कमब्याक गर्न लागेको अनुमान धेरैको रहेको छ । 

टिभीमा उनको छिट्टै कमब्याक हुने प्रतिक्षामा फ्यान रहेका छन् । जसको अनुमान उनले सार्वजनिक गरेको एक छोटो भिडियोले पाएको दर्शकबाट पनि लगाउन सकिन्छ । छोटै समयमा यो भिडियोले १३ लाख बढी दर्शक पाएको छ । भिडियोमा दर्शकले उनको कमेडी मिस गरेको कमेन्ट समेत गरेका छन् । 

कपिल टिभीमा फेरि शो मार्फत फर्किदै छन् । केही अगाडि सोनी इन्टरटेमेन्ट टेलिभिजनले कपिल शर्माको कमब्याकको समाचार समेत बनाएको थियो । जुन शोमा सुनील ग्रोवर समेत रहने छन् । ग्रोवरसँग कपिलको केही पहिले झगडा समेत थियो । तर अहिले यी दुबै एकसाथ देखिने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप