शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो ओमेगा  स्कुलको साताव्यापी खेलकुद कार्यक्रम

मङ्गलबार, २५ पुस २०७४, १८ : २२
मङ्गलबार, २५ पुस २०७४

ललितपुर– केही दिनअघिदेखि ललितपुरको ओमेगा स्कुलले सञ्चालन गर्दै आएको साताव्यापी खेलकुद सप्ताहको समापन भएको छ ।  कुमारीपाटीस्थित उक्त विद्यालयको प्रांगणमा सञ्चालन भइरहेको उक्त खेलकुद प्रतियोगिताको मगलबार समापन भएको हो । 

विद्यार्थीहरुको शैक्षिक क्रियाकलापसँगै शारीरिक विकास र विद्यार्थीसँग भएका क्षमतालाई उजागर गर्ने उद्धेश्यसहित आयोजना गरिएको उक्त खेलकुद सप्ताहमा दुईसय जना विद्यार्थी सहभागी भएका थिए ।

पुस १९ गतेदेखि २४ गतेसम्म सन्चालन भएको उक्त खेलकुद सप्ताहमा स्काउट मार्च पार्सदेखि टेबुल–टेनिस, ब्याडमिन्टन, स्याक दौड, फुटसल,चेस, क्यारेमबोर्ड,बास्केटबल, टग अफ वारलगायत हिट द पट तथा फाइन्ड द क्वाइनजस्ता रमाइला खेलहरु समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रममा  वेस्ट मार्च पास,अनुशासन र सक्रिय सहभागिता विधामा समेत विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो । खेलकुद सप्ताहमा उत्कृष्ट खेलाडी र टिमलाई पुरस्कार वितरण गरिएको थियो । समापन कार्यक्रममा अभिभावकहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप