सकियो ओमेगा स्कुलको साताव्यापी खेलकुद कार्यक्रम
ललितपुर– केही दिनअघिदेखि ललितपुरको ओमेगा स्कुलले सञ्चालन गर्दै आएको साताव्यापी खेलकुद सप्ताहको समापन भएको छ । कुमारीपाटीस्थित उक्त विद्यालयको प्रांगणमा सञ्चालन भइरहेको उक्त खेलकुद प्रतियोगिताको मगलबार समापन भएको हो ।
विद्यार्थीहरुको शैक्षिक क्रियाकलापसँगै शारीरिक विकास र विद्यार्थीसँग भएका क्षमतालाई उजागर गर्ने उद्धेश्यसहित आयोजना गरिएको उक्त खेलकुद सप्ताहमा दुईसय जना विद्यार्थी सहभागी भएका थिए ।
पुस १९ गतेदेखि २४ गतेसम्म सन्चालन भएको उक्त खेलकुद सप्ताहमा स्काउट मार्च पार्सदेखि टेबुल–टेनिस, ब्याडमिन्टन, स्याक दौड, फुटसल,चेस, क्यारेमबोर्ड,बास्केटबल, टग अफ वारलगायत हिट द पट तथा फाइन्ड द क्वाइनजस्ता रमाइला खेलहरु समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा वेस्ट मार्च पास,अनुशासन र सक्रिय सहभागिता विधामा समेत विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो । खेलकुद सप्ताहमा उत्कृष्ट खेलाडी र टिमलाई पुरस्कार वितरण गरिएको थियो । समापन कार्यक्रममा अभिभावकहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा