शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अवहेलना प्रकरण : भित्र बयान, बाहिर नाराबाजी (फोटोफिचर)

मङ्गलबार, २५ पुस २०७४, १७ : ५०
मङ्गलबार, २५ पुस २०७४

काठमाडौं– अदालतको आदेशको अवहेलना गरेको अभियोगमा पक्राउ परेका डाक्टर गोविन्द केसीमाथि सर्वोच्चको इजलासमा बयान चल्दैगर्दा सर्वोच्च बाहिर उनका समर्थक नाराबाजी गर्दै  थिए ।   

समर्थकहरुले केसीले भ्रष्ट र माफियाको विरुद्ध आवाज उठाउँदा पक्राउ गरिएको भन्दै नाराबाजी गरेका थिए । उनीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध चर्का नाराबाजी गरेका थिए । हुन त बिहानैदेखि केसी समर्थकहरुले माइतीघरमा भेला भएर केसीप्रति ऐक्वबद्धता जनाएका थिए ।

 पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, चर्चित कांग्रेस नेता तथा पूर्व मन्त्री गगन थापालगायत समेत माइतीघर पुगेर ऐक्वबद्धतामात्रै जनाएन् आफूहरुलाई पनि अवहेलनाको अभियोगमा पक्राउ गर्न चुनौति दिएका थिए । 

बिहानैदेखि सुरु भएको केसी समर्थकहरुको प्रदर्शन दिउँसो २ बजे केसीको बयान चल्दै गर्दा पनि जारी रहेको थियो । केहिको बयान चल्दै गर्दा सर्वोच्च अगाडि भेला भएका  उनीहरुले  प्रधानन्यायाशीयविरुद्ध नाराबाजी गर्दा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो ।

प्रहरीले लखेट्ने  तथा  केसी समर्थकले नाराबाजी जारी राख्ने क्रम  जारी रह्यो । 

केसीले पनि बयानका क्रममा अदालतप्रति आफ्नो सम्मान रहेको भएपनि प्रधानन्यायाधीश पराजुली भने भ्रष्ट भएको आरोप लगाउँदै उनको मात्रै आफूले आलोचना गरेको  बताएका थिए । 

 

आज अदालतबाहिर समर्थकको प्रदर्शनका बीच केसीको बयान सम्पन्न  भयो । यद्यपी समय अभावका कारण देखाउँदै बहस भोलिका लागि सरेको छ ।  केसीलाई आजपनि महानगरीय प्रहरी बृत्त सिंहदरवारमा थुनामा राखिएको छ । 

 

 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप