बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकासँग हारपछि भारतीय क्रिकेट फ्यान – अलच्छिन लिएर आइन् अनुष्का

मङ्गलबार, २५ पुस २०७४, १७ : २९
मङ्गलबार, २५ पुस २०७४

नयाँ दिल्ली । दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको टेस्ट शृंखलाको पहिलो खेलमा भारत ७२ रनले पराजित भएको छ ।

खेलको चौँथो दिन जीतका लागि भारतले २ सय ८ रनको लक्ष्य पाएको थियो । तर, जवाफमा भारत १ सय ३५ रनमा अलआउट हुन पुग्यो ।

भारतीय कप्तान विराट कोहलीको विवाहपछि यो पहिलो खेल थियो । खेलमा उनको प्रदर्शन निकै निराशजनक रह्यो । दुई इनिङमा उनले मात्र ३३ रन बनाउन सके । 

यसपछि क्रिकेट फ्यानले सामाजिक सञ्जालमा उनसँग आक्रोश व्यक्त गरेका छन् । विराटसँगै उनकी पत्नी अनुष्का शर्मा पनि फ्यानको आलोचनाको शिकार बनिन् ।
भारतीय क्रिकेट फ्यानहरुले अनुष्काले अलच्छिन लिएर आएको सम्म भन्न भ्याएका छन् ।

हेरौँ केही ट्वीटहरुः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप