बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इराकमा मारिए गुप्तचर निकायका अधिकारी

मङ्गलबार, २५ पुस २०७४, १७ : १७
मङ्गलबार, २५ पुस २०७४

एजेन्सी–इराकको किर्कुक सहरमा मङ्गलबार यहाँको गुप्तचर निकायका एक जना अधिकारीको हत्या भएको बताइएको छ ।  मङ्गलबार बिहान यहाँ केही अज्ञात बन्दुकधारीको आक्रमणमा परी ती अधिकारी मारिएको इराकी गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 

इराकको राजधानी बग्दादबाट करिब २ सय ५० किलोमिटर टाढा रहेको उत्तरी किर्कुकको राजमार्गमा बन्दुकधारीले गुप्तचर निकायका एक जना अधिकारीको सवारी साधनमा आक्रमण गरेका थिए । उनी घटनास्थलमै मारिएको गृहको विज्ञप्तिमा जनाइएको छ । 

आक्रमणपछि आक्रमणकारी भागेका छन् । उनीहरुको खोजी भइरहेको बताइएको छ, तर उनी पक्राउ नपरेका अधिकारीले जनाएका छन् ।  सलाउद्दिन प्रान्तका अधिकारीले मङ्गलबार विहान पनि यहाँको शरणार्थी शिविरबाट करिब दुई सय परिवार दक्षिणपश्चिम किर्कुकमा फर्किन लागेको जानकारी दिएका छन् । 

किर्कुक प्रान्तमा आइएस लडाकूको आक्रमण बढेको कारण ती परिवार सलाउद्दिन पुगेका थिए । हाल सो क्षेत्रबाट आइएस लडाकू भागिसकेका छन् ।  उक्त क्षेत्रलाई इराक सरकारले आइएसमुक्त क्षेत्रका रुपमा यसअघि नै घोषणा गरिसकेको छ । तर पनि अज्ञात व्यक्तिले हत्या हिंसाको श्रृंखला भने रोकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप