बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुवारेजले मलाई बार्सिलोना आउन प्रेरित गरे

मङ्गलबार, २५ पुस २०७४, १६ : ४८
मङ्गलबार, २५ पुस २०७४

बार्सिलोना । फिलिपे काउन्टिन्होले आफूलाई बार्सिलोना आउन लिभरपुलका पूर्व समकक्षी लुइस सुवारेजले प्रेरित गरेको खुलासा गरेका छन् ।

२५ वर्षीय ब्राजिलियन खेलाडीलाई सोमबार आधिकारिक रुपमा बार्साको खेलाडीको रुपमा अनावरण गरेको हो ।

१४.५ करोड पाउण्डमा बार्सिलोना भित्रिएपछि उनले आफ्नो सपना साकार भएको बताए ।

समारोहमा पत्रकारहरुसँग कुरा गर्दै लिभरपुलमा सन् २०१२ र २०१४ बीच सँगै खेलेका सुवारेजले बार्सिलोना आउन पटकपटक सन्देश पठाएको खुलासा गरे ।

उरुग्वेयन खेलाडीले काउन्टिन्होका लागि बार्सिलोना नजिक रहेको तटीय क्षेत्रमा घर पनि सुरक्षित गरेको पनि बताए । अब उनी सुवारेज र मेस्सीको छिमेकी बन्नेछन् ।
लिभरपुलमा छँदा सुवारेजसँग आफ्नो राम्रो सम्बन्ध रहेको पनि उनले खुलासा गरे ।

‘हामी असल मित्र हौँ । उनले मलाई यहाँको सहर र क्लबका बारेमा धेरै मेसेज गरे । यसले पनि मलाई यहाँ आउन झन् प्रेरित गर्यो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप