बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डोपिङमा फेल भए युसुफ पठान, ५ महिनाका लागि निलम्बित

मङ्गलबार, २५ पुस २०७४, १५ : ३३
मङ्गलबार, २५ पुस २०७४

मुम्बई । क्रिकेटर युसुफ पठान डोपिङ परिक्षणमा फेल भएका छन् । बीसीसीआईले उनलाई ५ महिनाका लागि निलम्बित गरेको छ ।

युसुफले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मैले घाँटीको इन्फेक्सनको दबाई खाएको थिएँ । डोपिङ परिक्षणमा उक्त दबाईमा प्रतिबन्धित पदार्थ पाइयो । २७ अक्टुबर २०१७ मा बीसीसीआईले मलाई यसबारे सूचना दिएको थियो ।’

प्रतिबन्ध खत्तम भएपछि आफू सक्रिय क्रिकेटमा पुनः फर्किने बताए ।

बीसीसीआईको पत्रको अनुसार उनको प्रतिबन्ध १४ जनवरीमा सकिनेछ ।

रिपार्टका अनुसार युसुफ एक दवाई लिएका थिए जसमा प्रतिबन्धित पदार्थ थियो । कुनै पनि खेलाडीले यस्तो दवाई लिन पहिले नै अनुमति लिनुपर्ने हुन्छ । तर, युसुफको र उनको डाक्टरले यसबारे अनुमति लिएका थिएनन् ।

युसुफको डोप परिक्षण गत रणजी सेशनको दौरान भएको थियो । उनले बडौदाबाट मात्र एक खेल खेलेका थिए । बोर्डको कारवाही पछि अक्टुबर २०१७ पछि उनले कुनै पनि खेल खेलेनन् ।

युसुफसहित अहिलसम्म २ जना भारतीय क्रिकेटर डोपिङ परिक्षणमा फेल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप