शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नाट्टामा शर्मा समूहले पनि घोषणा गर्यो उम्मेदवारी

मङ्गलबार, २५ पुस २०७४, १५ : २४
मङ्गलबार, २५ पुस २०७४

काठमाडौँ– नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) मा दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छ ।  नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा सो समूहले शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो । 

कार्यसमितिको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष संगीता जिरेल, महासचिव विनय बस्नेत, सचिव सविता केसी भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । 

यस्तै सदस्यमा अमृतकुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डिपी अर्याल, बेन्जु श्रेष्ठ, गीता ढकाल र विनोद कार्कीको नाम घोषणा गरेको छ । घोषणासभामा अध्यक्षका दाबेदार शर्माले नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थालाई विधानसम्मत अघि बढाउने बताए । 

उनले नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रबद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे । सो अवसरमा शर्माले १५ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेका थिए । 

नाट्टाको ५१ औँ साधारणसभा यही पुस २८ गते काठमाडौँमा हुँदैछ । पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारणसभामा ४  सय ६७ मतदाताले भाग लिँदैछन् ।  यसअघि सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप