शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमपातका कारण चीनमा पनि २१ जनाको मृत्यु

मङ्गलबार, २५ पुस २०७४, १२ : ०९
मङ्गलबार, २५ पुस २०७४

एजेन्सी– चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण २१ जनाको मृत्यु भएको छ ।  यही जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको छ । 

भीषण हिउ बर्षा र हिउआँधीका कारण थुप्रै घरहरु पूरिएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् ।  झण्डै तीन हजार ७०० जना विस्थापित भएका छन् भने १४ हजार जना भन्दा बढी मानिसलाई आपत्कालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ । 

आयोगका अनुसार झण्डै सात सय घर ध्वस्त भएको र २८ सय घरमा क्षती पुगेको छ ।  खराब मौसमले झण्डै दुई लाख ३३ हजार १०० हेक्टर क्षेत्रफलको कृषिभूमीमा असर पारेको छ । त्यस मध्ये आठ हजार एक सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप