बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ को बुटवल र जावलाखेलमा कन्सर्ट

मङ्गलबार, २५ पुस २०७४, ११ : ०९
मङ्गलबार, २५ पुस २०७४

काठमाडौं । नेपालका चर्चित व्याण्डका सदस्यहरु आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले बुटवल र जावलाखेलमा कन्सर्ट गर्ने भएको छ । व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता आबद्ध छन् ।

यो व्याण्डले आगामी १३ माघ (जनवरी २७ तारिख) शनिवार बुटवलस्थित बुटवल मण्डप र माघ २७ गते(फेब्रुअरी १० तारिख) ललितपुरको जावलाखेल फूटबल मैदानमा ‘फेरी उठ्नेछ नेपाल’को नाम दिइएको कन्सर्टमा दर्शकलाई सांगीतिक माहौलमा झुमाउनेछ । बुटवलमा क्षेत्रीय पार्टनरका रुपमा यस नेपाल इभेन्ट मेनेजमेन्ट छ ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।

‘फेरी उठ्नेछ नेपाल’को तेस्रो संस्करणको रुपमा रहेको यो कन्सर्टमा व्याण्डले ‘फेरी उठ्नेछ नेपाल’सहित नयाँ एल्बमका गीत र आफ्ना पुराना गीत दर्शकमाझ प्रस्तुत गर्नेछ । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले आफ्नोतर्फबाट कन्सर्टलाई नेपालकै भव्य कन्सर्टका रुपमा चिनाउन तयारी भइरहेको बताए । ‘कार्यक्रम हुनु अघि नै बुटवल र ललितपुरका लागि झण्डै ५ हजार बढी टिकट बुक भइसकेका छन् ।

हाम्रो लक्ष्य १० हजार दर्शकलाई मनोरञ्जन दिनु हो,’उनले भने,‘यो कार्यक्रम पछि हामी नेपालमा एकताको आवश्यकताको सन्देश बाड्न व्याण्डको टोली काठमाडौं र देशका विभिन्न कलेजमा पुग्ने योजना पनि छ ।’

व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । 

व्याण्डको नयाँ एल्बमको पहिलो गीत यसै हप्ता सार्वजनिक हुँदैछ ।

विकेशले भूकम्प पछिको अवस्थामा पनि नेपालको राजनीति अस्थिर रहीरहेकाले सबै जनता एक भएर देशका लागि केही गर्ने आव्हान गर्न कार्यक्रम गर्न लागिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप