खप्तड गोल्डकपः थ्री स्टारको विजयी शुुरुआत
धनगढी – यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टारले रमपम झापा–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ ।
स्थानीय रङ्गशालामा आज भएको खेलमा ३४ औँ मिनेटमा विदेशी मार्टिनको गोलबाट अग्रता लिएको थ्री टारले ३९ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता दोब्बर बनायो । लगत्तै झापा–११ का लागि कर्ण लिम्बूले ४१ औँ मिनेटमा गोल गर्दै अग्रता घटाएका थिए ।
झापाका तर्फबाट गोल भएलगत्तै ४३ औँ मिनेटमा थ्री स्टारका तर्फबाट चेम्जोङले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन ।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै झापा–११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीले राम्रै खेलेर पनि आफ्नै गल्तीका कारण पराजय भोगेको बताए । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो समयपछि फुटबल खेलमा फर्केको टोलीले सुखद् नतिजा दिन सफल भएको प्रतिक्रिया दिए ।
मंगलबार डुक स्टार भुटान र रुपन्देही–११ बीच हुने आयोजकका सञ्चार संयोजक सीताराम ओझाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
-
यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
-
चर्चामा शिक्षामन्त्रीको टालेको सर्ट
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ
-
काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने
-
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी