यस्तो रह्यो वीरगञ्जमा दोश्रो अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगिता
पर्सा – म्याक्स इन्टरटेन्मेन्ट एण्ड एड्भरटाइजिङको आयोजनामा वीरगन्जमा भईरहेको दोश्रो अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगिताको चौथो दिन सोमबार कंचनजंघा, जिएचपी, वीरगंज पब्लिक स्कुल, गौतम र विद्या सदन मावि विजयी भएका छन् ।
चौथो दिनको पहिलो खेलमा ज्ञान निकेतनलाइ ५४ अंकले पराजित गर्दै गौतम मावि विजयी भएकोे हो । निर्धारित २० मिनेटको खेलमा गौतम माविले ७० र ज्ञान निकेतनमाविले १६ अंक प्राप्त गरेको थियो । खेलको म्यान अफ दी म्याच गौतम माविका प्रदिप चौधरी घोषित भए ।
छात्रतर्फ नै सोमबार भएको दोस्रो खेलमा वीरगंज पब्लिक स्कुल विजयी भएको छ । वीरगंज पब्लिक स्कुलले मुनलाइट माविलाइ ४७ अंकले हराएको हो । वीरगंज पब्लिक स्कुलले ५६ अंक प्राप्त गर्दा मुनलाइट माविले ९ अंक मात्र प्राप्त गर्यो । उक्त खेलको म्यान अफ दी म्याच वीरगंज पब्लिक स्कुलका रबि चौधरी घोषित भए ।
यसैगरि छात्रातर्फको तेस्रो खेलमा विद्या सदन मावी जित हासिल पार्दै सेमी फाइनलमा पुगेकी छिन् । विद्या सदन माविले वीरगंज पब्लिक स्कुललाई २७ अंकले पराजित गरेको हो । निर्धारित ३० मिनेटको खेलमा विद्या सदन मावीले ४१ अंक वीरगंज पब्लिक स्कुलले १४ अंक प्राप्त गरयो । छात्रातर्फको खेलको वुम्यान अफ दी म्याच विद्या सदन मावीकी रोश्ना घोषित भइन् ।
छात्रतर्फ भएको चौथो खेलमा कंचनजंघा मावि विजयी भएको छ । कंचनजंघामाविले कादम्बरी एकडमीलाई १२ अंकले हराएको हो । कंचनजंघा माविले २८ अंक प्राप्त गर्दा कादम्बरी एकडमीलाइ भने १६ अंकमा नै सिमित गर्न सफल रहयो । उक्त खेलको म्यान अफ दी म्याच कंचनजंघा माविका गोबिन्द खड्का घोषित भए ।
छात्रतर्फ नै पाँचौ खेलमा विद्या सदन मावि विजयी भएको छ । विद्या सदन मावीले मिनिल्याण्ड माविलाई ३३ अंकले हराएको हो । विद्या सदन माविले ४७ अंक प्राप्त गर्दा मिनिल्याण्ड मावी भने १४ अंक मात्र लिन सफल रहयो । उक्त खेलको म्यान अफ दी म्याच विद्या सदन माविका फवाद मिया घोषित भए ।
छात्र तर्फ नै भएको छैटो अंतिम खेलमा ज्ञान निकेतन मावि विजयी भएको छ ।ज्ञान निकेतन मावीले कादम्बरी एकडमीलाई ३ अंकले हराएको हो ।
ज्ञान निकेतनमावीले ३२ अंक प्राप्त गर्दा कादम्बरी एकडमी भने २९ अंक मात्र लिन सफल रहयो । उक्त खेलको म्यान अफ दी म्याच ज्ञान निकेतन मावीका प्रतिक दाहाल घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने