बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन जनरल ईन्स्योरेन्स २५ बर्षमा, आफ्नै कर्पोरेट भवन निर्माण  गर्ने

सोमबार, २४ पुस २०७४, १८ : ४३
सोमबार, २४ पुस २०७४

काठमाडौं – हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले आप्mनो स्थापनाको २४ वर्ष पूरा भएसंगै काठमाण्डौंको बवरमहलस्थित आफ्नै स्वामित्वको करिब साढे दुई रोपनी जग्गामा कम्पनीको कर्पोरेट भवन निमार्ण गर्ने प्रकृया शुरु गरेको छ ।  

भवन डिजाईनको लागि सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना) संग सम्झौता गरिएको छ । शो सम्झौता पत्रमा कम्पनीका कार्यकारी अधिकृत सुशील बज्राचार्य र सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना) का अध्यक्ष सुमन नाथ बैद्यले हस्ताक्षर गरे । 

कम्पनीले निर्माण गर्ने भवनको डिजाईन प्रतियोगिताको आधारमा छनौट गरिनेछ ।  सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना)ले आव्हान गरिने भवन डिजाईन प्रतियोगितामा नेपाल ईन्जिनियरिङ काउन्सिलमा दर्ता भएका सदस्य आर्किटेक्टस् व्यक्ति वा फर्मले सहभागी जनाउने छन् ।  

प्रतियोगितामा उत्कृष्ट हुनेलाई १ लाख ५० हजार र दुई जनालाई सान्त्वना पुरस्कार जनहि ५० हजार रुपैयाँ दिइने छ ।  उत्कृष्ट डिजाईनरलाई प्रिन्सिपल आर्किटेक्टका रुपमा भवनको विस्तृत डिजाईन कार्यमा समेत संलग्न गराईने छ ।  

कम्पनीले आप्mनो २५औं वर्ष प्रवेशका अवसरमा घोषणा गरेको सामाजिक दायित्वका लक्ष्य अनुरुप यस डिजाईन प्रतियोगिताले नेपालका नवोदित युवा आर्किटेक्टहरुलाईसमेत आप्mनो प्रतिभा देखाउन समान अवसर प्रदान गर्ने विश्वास लिईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप