बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुल्तान’को रेकर्ड तोड्दै ‘टाइगर’ ३ सय करोड क्लबमा

सोमबार, २४ पुस २०७४, १४ : २२
सोमबार, २४ पुस २०७४

मुम्बई । सलमान खान र कटरीना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ले बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ । 

ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार घरेलु बक्सअफिसमा फिल्मले मात्र १६ दिनमा ३००.८९ करोड कमाई गरेको हो ।

फिल्मले अमिर खानको ‘धुम ३’ (२८४ करोड) र ‘सुल्तान’ (३००.४५) करोडको रेकर्ड पनि तोडेको छ । यसको साथै यो यशराज ब्यानरको सबैभन्दा कमाऊ चलचित्र बनिसकेको छ ।

टाइगर जिन्दा हेले मात्र ३ दिनमा १ सय करोड कमाएको थियो । अली अब्बास जफरको निर्देशनमा बसेको यो चलचित्र सन् २०१२ मा बनेको एक था टाइगरको सीक्वल हो ।

आफ्नै चलचित्रको रेकर्ड तोड्ने चुनौति

कटरीना कैफको भने यो अहिलेसम्म कै सबैभन्दा धेरै कमाई गर्ने चलचित्र हो । टाइगर जिन्दा हे अघि सलमानको चलचित्र बजरंगी भाइजानको लाइफटाइम कलेक्सन (३२० करोड) को रेकर्ड तोड्ने चुनौति छ ।

ट्रेड एनालिस्टहरुका अनुसार टाइगर जिन्दा हेको कमाईको ट्रेन्डलाई हेर्दा यसले बजरंगी भाइजानको किर्तिमानलाई पनि तोड्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप