राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु
बर्दिया– राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता आजबाट बर्दियाको भुरीगाउँमा शुरु भएको छ । अखिल नेपाल कबड्डी संघद्वारा आज भुरीगाउँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो ।
बर्दियामा पहिलो पटक शुरु भएको प्रतियोगिता पुस २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष र महिलाका आठ आठ वटा समूहका गरी १ सय ९२ जना खेलाडी र १६ जना प्रशिक्षक सहभागी हुने छन् ।
२२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा पाँच विकास क्षेत्रका महिला र पुरुष गरी दस वटा समूह तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका छ वटा समूह सहभागी हुने छन् ।
प्रतियोगिताबाट आगामी अगष्टमा इण्डोनेसियामा हुने एसियन खेलका लागि खेलाडी छनोटसमेत गरिने अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी