शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको एक रेष्टुरेण्टमा भीषण आगलागी, पाँच जनाको मृत्यु

सोमबार, २४ पुस २०७४, १३ : १०
सोमबार, २४ पुस २०७४

एजेन्सी– दक्षिण भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको समाचार छ ।

अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ । उनीहरु सोही रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरु भएका र आगलागी भएको अवस्थामा उनीहरु निदारहेका थिए ।

बिहीबार विहान सबेरै स्थानीय समयअनुसार २ः३० बजे कैलाश बारमा आगालागी सुरु भएको प्रहरी अधिकारीले जानकारी दिएको छ ।
कैयौं घण्टापछि आगलागीलाई नियन्त्रणमा लिइएको र शवलाई पोष्ट मार्टनको लागि अस्पतालमा लगिएको छ ।

गत हप्ता पनि मुम्बइको कमला मिलस् कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको र अन्य २० घाइते भएको जनाउँदै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप