शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा गयो ठूलै भूकम्प

सोमबार, २४ पुस २०७४, १२ : ३४
सोमबार, २४ पुस २०७४

एजेन्सी– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन् ।  भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार स्थानीय समयाअनुसार आइतबार मध्याह्न १२ः१७ बजे सो भूकम्प गएको थियो । 

भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै ३५ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । सो भूकम्पको कम्पन प्रान्तीय राजधानी इम्फालसम्म पनि महसूस गरिएको बताइएको छ । 

यद्यपि यस भूकम्पबाट हालसम्म मानवीय र सम्पत्तिको क्षतिको भने विवरण प्राप्त नभएको जनाइएको छ ।  सन् २०१६ मणिपुर र आसपासको इलाकामा गएको ६।७ रिक्टर स्केलको भूकम्पमा परी कम्ती आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य एक सयभन्दा बढी घर ध्वस्त भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप