शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा उच्च रक्तचाप, उच्च जोखिम

सोमबार, २४ पुस २०७४, १० : ५९
सोमबार, २४ पुस २०७४

जाडोमै किन बढी जोखिम ?

विश्वको जनसंख्याको करिब एकचौथाइभन्दा बढी वयस्क मानिस नै उच्च रक्तचापबाट ग्रसित छन् । सबैभन्दा बढी ७०–८० वर्ष उमेर समूहका मानिसमा उच्च रक्तचापको जोखिम हुन्छ ।

विभिन्न अनुसन्धानले भनेका छन् कि ११ डिग्री सेल्सियसको वातावरणमा ५ मिनेट रहँदा रक्तचापमा उल्लेख्य परिवर्तन आउँछ र उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी बिरामीहरूको सिस्टोलिक ब्लडप्रेसर वृद्धि हुन जान्छ । यस्तो समयमा १० एमएम एचजीका दरले रक्तचाप बढ्छ र मुटु तथा रक्तनलीसम्बन्धी समस्याबाट मृत्यु हुने सम्भावना २१ प्रतिशतले  बढेर जान्छ ।

मुख्य कारण

  • जाडो मौसममा शरीरलाई आवश्यक तापक्रम सञ्चयका लागि बाहिरी साना रक्तनलीहरू खुम्चने गर्दछन् । जसको परिणाम मानिसमा रक्तचाप बढ्न जान्छ ।
  • जाडोको समय तुलनात्मक रूपमा मानिसको शरीरमा सूर्यको किरण कम पर्न जान्छ । जसका कारण भिटामिन डीको अभाव हुन थाल्छ र रक्तचाप बढ्दै जान्छ ।
  • चिसो मौसममा रक्तनलीलाई खुम्च्याउने हर्मोनको मात्रा बढी हुन जान्छ । जसका कारण पनि मानव शरीरमा रक्तचाप बढ्छ ।
  • यस्तो मौसममा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । कोलेस्ट्रोलले रक्तचाप वृद्धि गर्न सहयोगी भूमिका निर्वाह गर्छ ।
  • जाडो मौसममा मानिसले तुलनात्मक रूपमा कम शारीरिक व्यायाम गर्छ । शारीरिक व्यायामले पनि रक्तचाप वृद्धिमा भूमिका खेल्छ । त्यसैले शरीरको सक्रियता कम हुँदा पनि रक्तचाप बढ्न सक्छ ।

जोखिमबाट बच्न

  • जाडो मौसममा पर्याप्त मात्रामा न्यानो कपडा लगाउन आवश्यक हुन्छ । शरीरलाई चिसोबाट बचाउनुपर्छ ।
  • सन्तुलित र स्वस्थ भोजनका साथै प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ ।
  • यस्तो मौसममा बढी क्यालोरीयुक्त खाद्यपदार्थ खानु हुँदैन । किनभने, जाडो मौसममा शारीरिक सक्रियता कम हुने हुँदा क्यालोरीयुक्त खाद्यपदार्थले मोटोपनको समस्या बढाउन सक्छ ।
  • सकेसम्म मद्यपानबाट टाढै रहनुपर्छ, नसके अधिक कम गर्नुपर्छ ।
  • अत्यधिक चिसो मौसममा हिँडडुल गर्नु हुँदैन ।
  • वातावरणको तापक्रम बढेको समय नियमित शारीरिक व्यायाम र हिँडडुल गर्नुपर्छ ।
  • उच्च उक्तचापका बिरामीले नियमित औषधि सेवन गर्नुका साथै स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप