शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ए सोल्टिनीको ‘झुम्ताना झुम्ताना’

आइतबार, २३ पुस २०७४, १३ : ४५
आइतबार, २३ पुस २०७४

काठमाडौं – प्रदर्शनको तयारीमा रहेको ‘ए सोल्टिनी’ चलचित्रको ‘झुम्ताना झुम्ताना’ बोलको गीत सार्वजनीक गरिएको छ । सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बा लगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका छन् भने गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् । 
निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को सो दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो ।
सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ । 
काठमाडौ उपत्यका वरिपरि खिचीएको चलचित्रका प्रस्तुतकर्ता पूर्णी तामाङ हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप