केन्द्रीय संस्करण

सकियो निर्जला, अर्काे बर्ष रिलिज

person access_timeपुस २३, २०७४ chat_bubble_outline0

काठमाडौं – राजु गिरीको निर्देशन रहेको चलचित्र ‘निर्जला’ को छायांकन सकिएको छ । शुक्रबार भक्तपुरको घ्याम्पे डाँडामा चलचित्रको दशैंको छायाँकनसँगै चलचित्र सकिएको हो । 
दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत रहेको यो गीतमा सुजता बर्मा र बाबुलले नै स्वर दिएका छन् । गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा लगायतले अभिनय गरेका हुन् । गीतको नृत्य निर्देशक कमल राईले गरेका छन् ।
प्रकाश चन्द्र न्यौपाने निर्मित चलचित्र रलिज मिति २०७५ बिजया दशमी भनिएको छ । 
अभिनेत्री शुभेच्छाकै कथा तथा संवाद रहेको चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय रहेको छ । 
सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’मा अशोक खड्काको द्धन्द तथा रवि कोइरालाको छायाँकन रहेको छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ