काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्या ह्वात्तै बढ्यो
काँकडभिट्टा– पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।
कार्यालय प्रमुख रामप्रसाद फुयाँलले सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात हजार ५ सय २८ पुगेको जानकारी दिए । यो संख्या सन् २०१६ को तुलनामा एक हजार ३२३ जनाले बढेको हो ।
यस वर्षमा पूर्वीनाका हुँदै पैदल मार्ग भएर सबैभन्दा बढी युएसए र भुटानी पर्यटक नेपाल घुम्न आएका छन् तर हरेक वर्ष बंगलादेशी पर्यटकको संख्या वृद्धि भए पनि सन् २०१७ मा पूर्वी नाका हुँदै नेपाल आउने बंगलादेशी पर्यटकको संख्यामा भने कमी आएको कार्यालयको तथ्यांकले देखाएको छ ।
सन् २०१६ मा यो नाका भएर दुई हजार ३ सय ४८ बंगलादेशी पर्यटक नेपाल आएका थिए । सन् २०१७ मा दुई हजार २५ जना मात्र आएका छन् । यो संख्या सन् २०१६ को तुलनामा ३ सय २३ जनाले कमी हो ।
वि.सं २००८ मा दिल्लीको ताज होटलमा आक्रमण भएलगत्तै भारतले बंगलादेशीलाई दोहोरो प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउन छाडेका कारण त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिएको कार्यालय प्रमुख फुँयालको भनाइ छ । यो वर्ष एक हजार ६ सय १६ भुटानका र ८ सय ८२ युएसएका पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका छन् ।
कार्यालयले अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रन, सोमालिया, प्यालेस्टाइन, स्वीजरल्याण्डलगायत ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले प्रवेशाज्ञामा रोक लगाएको जनाएको छ ।
डेनमार्क, चीन, फ्रान्स, युके, दक्षिण कोरिया, भारत, स्पेन, मलेसिया, जर्मनी, इटाली, स्वीडेन, अष्टे«लिया, जापान, नेदरल्याण्ड, श्रीलंका, नर्वे, पाकिस्तान, सिंगापुर, थाइल्याण्ड, वेल्जियमलगायतका मुलकबाट नेपाल घुम्न हरेक वर्ष पर्यटक आउने गर्दछन् ।
पूर्वी नाकाबाट भित्रिने मात्र होइन बाहिरिने पर्यटकको संख्यामा समेत वृद्धि भएको छ । सन् २०१६ मा पाँच हजार ७ सय १९ पर्यटक यो नाका भएर विदेशिएका र सन् २०१७ मा छ हजार ७ सय ४८ पर्यटक बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा