शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्याग्दीमा साहित्यिक अक्षयकोष स्थापना

आइतबार, २३ पुस २०७४, १३ : ०७
आइतबार, २३ पुस २०७४

बाबियाचौर– म्याग्दी साहित्य सञ्चारले रु एक लाखको साहित्यिक अक्षयकोष स्थापना गरेको छ ।  सञ्चारका अध्यक्ष लोकनाथ घायलश्रीले अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा धौलागिरिका अग्रज साहित्यकारलाई पुरस्कृत गरिने तथा साहित्यिक पत्रिका प्रकाशन र साहित्यिक गतिविधि सञ्चालन गरिने जानकारी दिए । देउसीभैलो खेलेर संकलित रकमबाट अक्षयकोष स्थापना गरिएको संस्थाका उपाध्यक्ष सन्दीप खत्रीले बताए । 

सञ्चारले ‘बुलबुल’ साहित्यिक पत्रिका प्रकाशन गर्नाका साथै कविता, गजल वाचनका विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप