ल्वाङ्ग बैठकबाट नयाँ शक्तिको सन्देश

person access_timeपुस २३, २०७४ chat_bubble_outline0

मुलुकमा नयाँ शक्तिको खाँचो छ । नेता कार्यकर्तामा नयाँ शक्तिप्रतिको बुझाइमा अन्तर देखिएको छ । नयाँ शक्तिका अभियन्ताहरू नयाँ बन्न सकेनन् । पुरानै सोच र चिन्तनको प्रभावमा रह्यो ।

धेरैले डा. बाबुराम भट्टराईको काँधमा चढेर मिहिनेतविनै सांसद र मन्त्री बन्ने सपना देखे । बाबुुराम सर्र्वैसर्वा देउता हुन्, बाबुरामबाट गल्ती हुँदैन भन्ने खाले पार्टीभित्र सोच चिन्तन र प्रवृत्ति हावी भयो । अर्को वैकल्पिक राजनीतिक शक्तिका विरोधीहरूले चौतर्फी हमला गरे । चुनावचिन्ह खोस्नेदेखि चुनावी मैदानसम्म हरेक हत्कण्डा प्रयोग गरे ।

नयाँ शक्तिमा मुख्यतः डा. बाबुराम भट्टराईको आदर्शमुखी राजनीतिक चरित्र सखाप पार्न सबै शक्ति लागिपरे । कमजोर साङ्गठनिक धरातलमा प्रचारात्मक कार्यमा नेताकार्यकर्ताको पनि कमजोर उपस्थिति, चुनावी मैदानमा फरक फरक चुनावचिन्ह लिएर जनतामा जानु र पछिलो चरणको निर्वाचनमा बाबुराम, नयाँ शक्ति र आँखा चुनाव चिन्हप्रतिको साझा जनबुझाइमा अन्तर हुनगयो । विना छलफल नेतृत्वले हतारमा बाम र लोकतान्त्रिक शक्तिहरूसँग चुनावी तालमेलमा जानु नै पार्टीको हारको कारण बनेको बैठकको निष्कर्ष थियो ।

अबको पाँच वर्षमा मुलुकको वैकल्पिक राजनीतिक शक्तिका रूपमा नयाँ शक्ति बन्नेछ । जनताबाट बहुमत पाएका राजनीतिक दलले जनताको आश्वासन पूरा गर्न सक्दैन । त्यसका लागि सही भिजन र भिजन अनुसारको नेतृत्व चाहिन्छ । नयाँ सरकारको व्यवस्थापनमै सारा समय खेर जान्छ । त्यसैले विचलित राजनीतिक दलहरू बीचको एकता र ध्रुवीकरणले नयाँँ शक्ति मजबुत हुन्छ ।

बैठकमा नेताकार्यकर्ताको सामूहिक भाव 
कार्यक्रममा १४८ जना केन्द्रीय नेताहरूले आफ्नो धारणा राखेका थिए । रिपोर्टिङका क्रममा केन्द्रीय नेतृत्वले विनासुझाव गठबन्धनतिर दौड्धुपमा लाग्नु, केन्द्रीय स्तरका नेतृत्वहरूले चुनावमा भाग नलिनु र जिम्मेवारी लिएर जिम्मेवारी सही तरिकाले निर्वाह नगर्नु, अर्थविना निर्वाचनमा भाग लिनु, पार्टीको कार्ड देखाएर केही नेताकार्यकर्ता पलायन हुनु, नयाँ शक्तिको राजनीतिक वैचारिक धरातलको प्रभाव र बुझाइमा अन्तर देख्नुलगायतका समस्याका कारण पार्टीले  हार भोग्नुपरेको तर्क पेश गरेका थिए ।

नयाँ शक्ति एकदुई जनाले बन्दैन । जनताको जनमत उत्तरतिर फर्केको छ । नयाँ शक्तिप्रतिको आम बुझाई दक्षिणतिर भयो । त्यसैले वाम गठबन्धनले सताको बहुमत पायो । नयाँ शक्ति पनि जनभावना मुताविक वामसँगै एकता गरेर ‘फास्ट ट्र्याकको’ माध्यमबाट समृद्धिको सपना सकार पार्ने यात्रामा लम्किनुपर्छ । कि त अबको पाँच वर्षमा नयाँ शक्तिलाई देशकै एक नम्बर पार्टी बनाउने योजना तर्जुमा गर्नुपर्छ । सकिन्छ भने सतहमा देखिएका वैकल्पिक नयाँ र परिवर्तनकारी राजनीतिक शक्तिहरू मिल्नुपर्छ । त्यसका लागि एकता वा कार्यगत एकताको ढोका बन्द गर्नु हुँदैन् । कामको सिलसिलामा कमीकमजोरी हुन्छ । त्यहि कमीकमजोरीबाट निकास पनि निस्किन्छ । डा. बाबुराम भट्टराई जसरी रातदिन खट्नु हुन्छ त्यसरी नै सबै नेताकार्यकर्ता थोरै समय निकालेर खटेको भए र नयाँ शक्तिप्रतिको जनआकर्षण केन्द्रित गरेका भए पार्टीले योभन्दा कम चुनौतीको सामना गर्नुपथ्र्याे । 

साङ्गाठनिक नीतिको प्रभाव कम र राजनीतिक वैचारिक नीतिको प्रभाव बढी रह्यो । जसले गर्दा पुरानै शक्तिको दर्जा बाहिर जनतामा भिराउन विपक्षीलाई सजिलो भयो । पार्टीभित्र नयाँ पुराना अवसरवाद बढी र काम गर्ने कमबीचको अन्तविरोध सिजना भयो । झुठो खेती गर्ने, अरूले गरेका कामको जस चोर्ने जस्ता बानी बस्यो । नेतृत्वलाई स्वीकार गर्ने विषयमा पनि समस्या देखा परे । स्वतन्त्रताका नाम्मा अराजकता हावी भयो । नयाँ शक्तिमा रहेका विभिन्न गुण र क्षमताको सही परिचालन र त्यसलाई स्वीकार्नेभन्दा कोकोसँग कम भन्ने प्रभाव छ । यस्तै खाले अनुशासनहीन र अचारसंहिता विपरीत कार्यले अन्तरधुलनलाई अप्ठयारोमा पार्यो ।

नेताकार्यकर्ताको सुझाव :
नेतृत्वले अनावश्यक रूपमा नेताहरू भर्ना गर्नुभन्दा निःस्वार्थ सेवाको भावना बोकेर आउनेहरूलाई प्राथमिकतामा राख्नुपर्छ र सोहीअनुसारको जिम्मेवारी दिनुपर्छ । अबको पाँच वर्षलाई लक्षित गरी पार्टीले ६, ६ महिनाको कार्ययोजना बनाउनुपर्छ । स्थानीय तहमा सबै शक्ति केन्द्रित गर्नु पर्छ । अरू माथिका सबै तहमा कोअर्डिनेटरका रूपमा नेताको व्यवस्थापन गर्नुपर्छ । सबै नेता कार्यकर्ता गाउँतिर फर्किनुपर्छ । त्यसका लागि पूर्णकालीन कार्यकर्ताको व्यवस्था र व्यवस्थापन गरी पार्टीलाई पुनर्गठन गर्नु पर्छ । आम जनतामा खड्किएका वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता नयाँँ शक्तिले पूरा गर्नुपर्छ । त्यसको प्रभावकारी नेतृत्व नेपालबाटै गर्नुपर्ने जीवन्त तर्कहरूको प्रस्तुति बैठमा भएको थियो ।

निर्वाचनमा अन्तर्घात गरेकालाई कारवाही, बहुमतीय प्रणालीद्वारा नेतृत्वको चैन, त्यसका लागि महाधिवेशनको माग, अर्को पाँच वर्षभित्र नयाँ शक्तिलाई नै वैकल्पिक राजनीतिक शक्तिको रूपमा विकास गर्नुपर्ने, पूर्णकालीन कार्यकर्ता बनाउन दबाब, आर्थिक समृद्धिको रूपमा नमुना कार्यक्रमको सार्वजनिक, पार्टी सङ्गठनको विस्तार र सोहीअनुसारको जिम्मेवारी, संविधान संशोधन, पाँच ‘स’को ठोस अवधारणा, पार्टीको राजनीतिक वैचारिक र  सैद्धान्तिक प्रशिक्षणलगायतका माग राखेका थिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ