बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डिसीमा सुबोध घिमिरेको ‘कल्पनामा शान्ति’ एकल चित्रकला

आइतबार, २३ पुस २०७४, १० : ३२
आइतबार, २३ पुस २०७४

डिसी– चित्रकार सुबोध घिमिरेले अमेरिकाको डिसी महानगरमा एकल चित्रकला प्रदर्शनी सुरु गरेका छन् । 

गत जनवरी ५बाट सुरु भएको उनको एकल चित्रकला प्रदर्शन जनवरी २६ तारिख सम्म चल्ने छ । कलाकार घिमिरेले  ‘पिस इन एब्सट्राकसन्’अर्थात्‘कल्पनामा शान्ति’ नामक मूल बिषयमा राखिएको उक्त एकल प्रदर्शन डिसी नजदिक आर्लिंगटन को फोकस ग्यालरीमा राखिएको छ । 

उनि लगायत अन्य बिदेशी कलाकारहरुको पनि उक्त चित्रकला कक्षमा प्रदर्शन गरिएको छ । 

उनले प्रदर्शनमा राखिएका सवै चित्रहरु अमेरिकामा बनाएको र यसलाई निरन्तरता दिने बताएका छन् । उनका प्रदर्शनमा राखिएका चित्रकलाहरु ४ सय डलर देखि २७ सय डलर सम्म मूल्यका रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप