शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नारायण गोपाल स्मृति साँझमा कर्णदासको मधुर आवाज

शनिबार, २२ पुस २०७४, २० : ४१
शनिबार, २२ पुस २०७४

भक्तपुर – भक्तपुरमा नारायण गोपाल स्मृति साँझ सम्पन्न भएको छ । भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुर शनिबार नारायण गोपाल स्मृति साँझ–२०७४ सम्पन्न भएको हो । 
कार्यक्रममा चर्चित गायक कर्णदासको सुमधुर आवजले उपस्थित सबैको ध्यान खिचेको थियो । 
कर्णदासले नारायण गोपालको यति धेरै माया दिई, मायाको आधार, तिमी जुन रहरले गायका थिए । 
उनले आफ्नो चर्चित गीत जिन्दगीको हो के भरोसा समेत उक्त कार्यक्रममा प्रस्तुल गर्दा दर्शक भावुक भए । 
उक्त कार्यक्रममा स्थानीयस्त र राष्ट्रिस्तरका कलाकारहरुले नारायण गोपलाका करिब एक दर्जन गीत प्रस्तुत गरेका छन् ।
आयोजकले नयाँ तथा स्थानीय कलाकारहरुलाई समेत सांगीतिक प्रस्तुतीको मौका दिएको छ ।
करिब चार घण्टा चलेको सांगीतिक कार्यक्रममा कर्णदासका साथै कलाकरहरु ऋदिश्री कसपाल, सर्बश्री कसपाल, एन्जिला श्रेष्ठ, सानुमाया ताम्राकार, रोशन धौभडेल,अजर जंगम, सनुप पौडेलले पनि प्रस्तुती दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप