शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टुहुरो

शनिबार, २२ पुस २०७४, ०९ : ०२
शनिबार, २२ पुस २०७४

कविता:
शर्मा विद्या

एक जोडी नयन,
एक जोडा पाउको साथमा नियाली रहेछ
घरि अँध्यारो रानीपोखरी
त घरि उज्यालो विश्वज्योति मल

बिजोडी मन, 
रानीपोखरी झैँ अँध्यारो छ
वायुपंखी रहर, 
विश्वज्योति मलझैँ झिलमिल छ

तब
रानीपोखरी झैँ 
ऊ पनि आफ्ना रहरलाई अभावको पालले छोप्छ
र सम्झाउँछ
भरपेट खानाको रहर गर्नुहुन्न 
पहिलेको जस्तै न्यानोपन खोज्नु हुन्न
पढाइको कुरा सुन्नुहुन्न
मनदेखि ढुक्क भएर हाँस्नुहुन्न
र ईत्यादि...

पाउको रफ्तार चलिरहेकै देखिन्छ
एकपटक फेरि 
दाहिनेपट्टी अँध्यारिएको रानीपोखरी हेर्छ
अनि सोच्छ
सायद..
यो रानीपोखरी पनि मजस्तै टुहुरो हुनुपर्छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप