बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कविताः बुबा

शनिबार, २२ पुस २०७४, ०८ : २६
शनिबार, २२ पुस २०७४

-आविष्कार चापागाईं  

कटकटिएछ भाँडो
खिए छ फलामे शरीर
म त सफा छु
म त सुन छु
तर
मेरो बुबाका छाला तासिएका छन् !
हजुरको पैताला रगडिँदा
हाम्रो भविस्य तिखार्दै हुनुहुन्थ्यो
हजुरको पसिना चुहिँदै गर्दै
हाम्रा हातमा रुमाल दिनुहुन्थ्यो 

हजुरले चालेको लामो दुरीको यात्रले
हाम्रो जीवनको दुरी घटाउँदै हुनुहुन्छ 
हरेक पाइला पाइलामा बढ्दै
हाम्रा पाइला अघि हुन्थे
हजुर झनझन पछाडि हुनुभो ।

हरेक संघर्षका कथा भन्दै गर्दा
हाम्रा लागी
ती मिसाइलबन्थे ।

हरेक पलपलमा इच्छा सम्झिँदै
हरेक यात्राहरूमा मनोभावना बुझ्दै
हरेक प्रहरमा अनिन्द्र बस्दै
हाम्रा लागि अजम्बर मायाको बोट रोप्दै
हुनुहुन्छ मेरो बुवा ।

हरेक ती रातहरूमा
मनमनै सपना कोर्नु हुन्छ
हाम्रा लागि
मेरा लागि
भाइका लागि
अनि भनिरहनु हुन्छ
छोरा असल, संस्कारमा रहनु है
हरेक पानाका अक्षरहरूमा
मेरा कलमबाट निस्किएका
शब्दहरूका मसी
बुबाको पसिनाबाट बनेको छ ।

हरेक कपडाहरूका बटनमा
मेरो बुबा आफ्ना सपनाहरूलाई स्विच अफ गरेर
मेरा सपनाहरूलाई रिचार्ज गर्नुहुन्छ 
जुन कहिले सिद्धिन्न
जुन कहिले रित्तिन्न ।

जब घामका किरणहरू बुबाको
थाप्लामा बजारिन्छन्
तब
बुवा हाम्रा थाप्लामा नपरोस भनेर
ओजन लेयर बन्नु हुन्छ । 

जब हरेक थोपाथोपा बाबाका
शरीरबाट बग्छन्
तब
बुबा हाम्रा शरीरमा
ए.सीको चिसो हावा बन्नु हुन्छ ।

जब कुनैबेला म
मुरमुराउँदै
भुनभनाउँदै
नाक बजाइरहेको हुन्छु
बुबा नतमस्तक भएर
टोलिनुहुन्छ
अनिभन्नु हुन्छ
छोरा पख ल
तिमीलाई म छिट्टै नयाँ सपना बुनिदिन्छु ।

बाबा हरेकचोटि आगोको रापमा पग्लिएर
मलाई तिखो धारिलो हतियार बनाउँदै हुनुहुन्छ 
बाबा हरेक खुड्किलोमा नअल्झियोस भनेर
मेरा लागि समस्त दुखसँग लड्दै हुनुहुन्छ ।

दोबाटाका बाटाहरू
भनिदिने बुवा
निराशा आँखालाई
आशा पलाइदिने बुवा
दोधारमा खट्पटिँदा
सम्झाई दिने वुबा
सपनाहरूलाई मूर्तरूप
गराइदिने बुवा
प्रेरण र आशीर्वाद
सदा फैलाइरहने वुबा
गल्ति गरे
सोझ्याई दिने बुवा
सफलतामा हाँसो
प्रदान गर्नै बुबा ।

आज म जे छु
मेरो शरीर
मेरा इन्द्रिय
मेरा रगत सबैमा
बुवा हुनुहुन्छ
त्यसैले त
बुबा हरेक
सपना ममा देख्नु हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप