अष्ट्रेलियामा एक सातामा तीन नेपालको मृत्यु
शुक्रबार, २१ पुस २०७४, १३ : ४२
काठमाडौँ । अष्ट्रेलियामा गएको एक सातामा तिन नेपालीको मृत्यु भएको छ ।
गत सोमबार २३ वर्षीय अस्मिता रिजाल मृत अवस्थामा भेटिएकी हुन् । सिड्नी स्थित अर्बनमा बस्दै आएकी रिजालको आत्महत्या वा मृत्यु खुलेको छैन ।
बबरमहल काठमाडौंको घर भएकी रिजाल ४ वर्षदेखि अध्ययनका लागि अष्ट्रेलियामा थिईन् ।
न्युक्यासलमा बस्दै आएकी एक महिलाले गत शुक्रबार आत्महत्या गरेकी थिइन । ति महिलाको नाम भने खुलाइएको छैन ।
आफ्नो छोरासँगै अष्ट्रेलिया पुगेका एक अभिभावकको पनि मृत्यु भएको छ । विमानस्थल ओर्लेको केहि समयमा उनको ज्यान गएको बताइएको छ ।
मृतकको नाम र पारिवारिक जानकारी खुलेको छैन ।