शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद चक्रपाणि खनाल ‘बलदेव’ को जीवन : ओ हो ! त्यहाँ त हामी बसेकै ठाउँमा हेलिकप्टरबाट बम खसाइयो

शुक्रबार, २१ पुस २०७४, ११ : ४२
शुक्रबार, २१ पुस २०७४

‘भारतमा चौकीदारीसमेत गरें,’ तात्कालिक जनमुक्ति सेनाका डेपुटी कमान्डर चक्रपाणि खनाल ‘बलदेव’ ले अतीत सुनाए, ‘दुई–तीन वर्ष लगाएर भारतमै फोटोग्राफी सिकें । संवत् २०३८ मा नेपाल फर्केर फोटो स्टुडियो सञ्चालन गरी जीविकोपार्जन गर्न थालें ।’

जनमुक्ति सेनाका डेपुटी कमान्डर खनाल ०३८ जेठदेखि युवक संघमा आबद्ध भए । ‘०३४ मा राजतन्त्रविरोधी पर्चा गाउँ (अर्घाखाँची) पुर्याइएको रहेछ,’ उनले सम्झे, ‘पर्चा टाँस्नेमा म पनि थिएँ । त्यतिबेला म १४ वर्षको थिएँ ।’

त्यहाँदेखि यहाँसम्म आइपुग्दा नवनिर्वाचित सांसद खनालले पछाडि फर्केर हेर्न परेन । आफूलाई त्यहाँसम्म पुर्याउँछु भन्ने महत्वाकांक्षा पनि छैन । ‘काम गर्दै जाँदा यहाँसम्म आइपुगेको हुँ,’ उनले खुसी व्यक्त गरे, ‘राम्रो काममा लागिरहने मिसन छ । आफूलाई त्यहाँसम्म पुर्याउने भन्ने महत्वाकांक्षा छैन । यो वा त्यो बन्ने भनेर आएकै होइन ।’

कपिलबस्तु–१ बाट काँग्रेस नेता दीपकुमार उपाध्यायलाई चुनाव हराएपछि ‘बलदेव’ फेरि चर्चामा आए ।

भौतिकवादी हुने, कम्युनिस्ट भएर जनताको सेवा गर्नेबाहेक इन्द्रेणी सपना नदेखेका सांसद चक्रपाणि खनाल ‘बलदेव’ सँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी ः

मेरो खाना

प्रायः दालभात, तरकारी र रोटी खान्छु । त्यसो भन्दा अरू खानेकुरा मन पर्दैन भन्न खोजेको होइन । काठमाडौंमा रहँदा साथीभाइसँग कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः मगाउँछु । म दालभात, तरकारी, मासु पकाउँछु । यसो भनौं आमनेपालीका भान्छामा पाक्ने खानेकुरा सबै पकाउन आउँछ ।

मेरो पोसाक

पोसाकप्रेमी हुँ । जिन्स पाइन्ट, सर्ट, ज्याकेट लगाउने बानी छ । यसो भनौं टिटटप टाइपका पोसाक लगाउँछु । औपचारिक सभा–समारोहमा सुट लगाउनैपर्यो । धेरैजसो रेडिमेड पोसाक लगाउने गर्छु । ब्रान्डबारे जानकार छु । तर, यही ब्रान्ड हुनुपर्छ भन्ने मान्यता छैन । क्याप पनि लगाउँछु ।

मेरो फिटनेस

तात्कालिक माओवादी पार्टी शान्तिप्रक्रियामा आइसकेपछि शारीरिक अभ्यास गर्ने बानी छुट्दै गएको छ । हिजोआज पनि मन लाग्दा गर्छु । मन लाग्दा आफ्नैखालका व्यायाम गर्छु । कहिलेकाहीं योगा पनि गरिटोपल्छु । मर्निङवाकले समेत निरन्तरता पाएको छैन । भएको बिग्रेपछि ट्रेडमिल किनेको छैन ।

मेरो अध्ययन

हिजोआज सिंगापुरबारे अध्ययन गर्दै छु । पाँच नम्बर प्रदेशको राजधानी भनेर कपिलवस्तु चर्चामा आएपछि बुद्धबारे टिपोट खोज्दै छु । माक्र्सवादी किताब पढ्न जाँगर चल्छ । एकताका अग्निदीक्षा, आमा पढियो । मन पर्ने लेखक धेरै छन् । तर पनि मनमा बसेका लेखक पाबेल कोर्चागिन नै हुन् ।

मेरो निजी पुस्तकालयमा पाँच हजार बढी पुस्तक होलान् । पुस्तकमा दिल खोलेर खर्च गर्ने मानिस हुँ । यो वर्षचाहिँ पुस्तकमा खर्च गरेको छैन ।

मेरो घुमफिर

घुमफिरमा असाध्यै रुचि छ । नेपालमा अधिकांश जिल्ला घुमेको छु । पुगेको छु । टेकेको छु । सेना समायोजनक्रममा विदेश पुगेको थिएँ । घुमेकामध्ये बुद्धसँग सम्बन्धित ठाउँ मन पर्यो । त्यसमा पनि बोधगया असाध्यै मन पर्यो । दुई–तीनपटक चीन पुगे पनि माओ त्से तुङको गाउँ पुग्न सकिनँ । माक्र्सको समाधिस्थल पुगे पनि जीवनमा एकपटक माओको गाउँ पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

मेरो फुर्सद

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलेभन्दा व्यस्तता बढेको छ । व्यस्तता बढे पनि मोबाइल अफ गरेरै आराम गरौं भन्ने लाग्दैन । फुर्सद पाइहालेमा चलचित्र हेर्ने गर्छु । घरपरिवारलाई त्यति समय दिन सकेको छैन । तर, समय–समयमा परिवारसहित घुम्ने, रेष्टुरेन्टमा खाने र चलचित्र हेर्ने गर्छु ।

मेरो खेलकुद

मलाई जिम्न्यास्टिक मन पर्छ । म १४–१५ देखि २० वर्षको हुँदासम्म जुडो, कराते र जिम्न्यास्टिक खेलें ।

मेरो मोबाइल

आइफोन र सामसुङ गरी दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । सामसुङ ३२ हजार रुपैयाँमा किनेको हुँ । आइफोनचाहिँ साथीले उपहार दिएका हुन् । कामै नलाग्ने भएपछि मोबाइल किन्ने हो । मोबाइलका एप्लिकेसन्स कमै प्रयोग गर्छु । कहिलेकाहीं मोबाइलमा क्यान्डिक्रस खेल्छु ।

मेरो टेलिभिजन

बुटवल र काठमाडौंमा गरी दुई टीभी छन् । टीभीमा समाचार, हास्यव्यंग्य हेर्छु । बेलुका टीभी हेर्ने साइत जुर्छ ।

मेरो चलचित्र

प्रतिनिधिसभा निर्वाचनअघि हिन्दी चलचित्र हेरेको थिएँ, नाम बिर्सें । हलसम्मै पुगेर चलचित्र हेर्ने गर्छु । सानोछँदा सोले हेरेको हो । त्यो पटक–पटक हेरेको थिएँ । नेपाली चलचित्रमा स्तरीयता कम छ । हास्यव्यंग्य समेटिएको चलचित्र स्तरीय लाग्छ ।

आफ्नो जमानाको अभिनेता अमिताभ बच्चनको अभिनय जीवन्त लाग्छ । म स्वयम् कलाकार पनि हुँ । अभिनयबारे परख राख्छु । नेपाली हास्यव्यंग्यमा अभिनय गर्ने कलाकारको अभिनय पनि मन पर्छ । नाटकबाट आएका कलाकार उत्तिकै मन पर्छ ।

मेरो रोग

ज्यानलाई बिसन्चो नभए पनि उच्च रक्तचाप र कोलस्ट्रोल छ । अहिलेसम्म होलबडी चेकअक गराएको छैन । उच्च रक्तचाप र कोलस्ट्रोलबाहेक तन्दुरुतै छु ।

मेरो भाषणशैली

बोल्न त बोल्छुजस्तो लाग्छ तर मेरो भाषण सिलसिलाबद्ध नभएको हो कि भन्ने लाग्छ । पहिलेपहिले भाषणशैली आक्रामक भए पनि अहिले सुन्नेले सन्तुलित छ भन्ने गर्छन् । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । भाषण गरेकै आधारमा कहिलेकाहीं सामान्य विवादमा तानिएको छु । भाषण गर्नअघि तयारी गर्ने बानी छैन ।

मेरो मापसे

औंशी पूर्णेमा मादक पदार्थ खाइन्छ । तर, पारखीचाहिँ होइन । पार्टी शान्ति प्रक्रियामा आएपछि युएन मिसनमा रहँदा खाएको हुँ । हिजोआज पनि खाइन्छ तर जथाभावी होइन । खाँदा ६० देखि ९० एमएलसम्मको मात्रा छ । जीवनमा दुईपटक मात लाग्नेगरी मादक पदार्थ खाएको हुँ ।

मेरो संगीत

गीत–संगीत सुन्ने गर्छु । म गीत लेख्छु । गाउँछु पनि । खुसीराम पाख्रिन र जीवन शर्माका पालाका कलाकार पनि हुँ । एआर रहेमान र लतामंगेशकरको आवाज कर्णप्रिय लाग्छ । नारायण गोपालका गीत पनि सुनेको छु । सबै प्रकारका गीत सुने पनि मलाई लोकगीत सुन्न आनन्द लाग्छ । त्यसमा पनि लोक र आधुनिक गीतको ‘मिक्स्ड ट्युन’ भएको गीत सुन्न झन् जाँगर चल्छ । आफ्नै आवाजमा रेकर्ड भएका दुई गीत छन् । मैले लेखेको १५–२० गीत रेकर्ड भएका छन् ।

मेरो भूल

आजसम्म पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । पाँच कक्षामा पढ्थें । विद्यालय शिक्षकसँग चर्कोसँग झगडा गरेको थिएँ । मैले शिक्षकलाई नराम्रोसँग गाली गरेको थिएँ । त्यसपछि म धेरै दिन विद्यालय गइनँ ।

मेरो घर

मेरो घर छैन । अर्घाखाँचीका सबै बेचविखन गरेर २०२६ तिर कपिलवस्तु झरेका हौं । कपिलवस्तुको अमौलीमा जग्गाजमिन छँदै छ । त्यहाँको पुख्र्यौली घर मेरो भाग परेको थियो । २५ हजार ऋण तिर्नपर्ने भएकाले युद्धकालमा बेचें । पछि घर बनाउने साइत जुरेन । त्यसैले ०५० देखि डेरामा बस्दै आएको छु ।

मेरो राशी

मेरो राशी मीन हो । भौतिकवादी भएकाले ग्रहदशा हेराउँदिनँ । मैले जानेदेखि अहिलेसम्म ग्रहदशा, ग्रहशान्ति गराएको छैन ।

मेरो सौन्दर्यचेत

कपालमा केही लगाउँदिनँ । अहिलेसम्म लगाएको छैन । फेसियल गर्ने बानी छैन । क्रिम पनि प्रयोग गर्दिनँ । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु । होटलमा बस्दा एक–दुईपटक साउनाबाथ बसेको छु ।

मेरो प्रेम

पार्टीमा हिँड्दाहिँड्दै बिहे गरेको हो ।

मेरो सपना

मैले परिकल्पना गरेको नेपालबारे युद्धकालमा पोस्टबहादुर बोगटीलाई दैनिकजसो पाँच घन्टासम्म सुनाउँथें । नेपाल यस्तो बनाउनुपर्छ भनेर मैले बोगटीलाई सात दिनसम्म सुनाएको थिएँ ।

नेपालमा पर्यटन र कृषिको सन्तुलन मिलाउनुपर्छ । त्यसमा पर्यटनको असाध्यै सम्भावना छ । त्यो सम्भावनालाई ‘क्यास’ गर्न सकिएको छैन । मुलुकले आयातमात्रै गर्छ । निर्यात छँदै छैन । आयात घटाउँदै निर्यात बढाउँदै जानुपर्छ । राजनीतिक परिवर्तन भए पनि आर्थिक अवस्था जर्जर छ ।

आफूलाई त्यहाँसम्म पुर्याउँछु भनेर हिजो पनि सपना देखिनँ र आज पनि देखेको छैन । काम गर्दै जाँदा यहाँसम्म आइपुगेको हुँ । राम्रो काममा लागिरहने मिसन छ । आफूलाई त्यहाँसम्म पुर्याउने भन्ने महत्वाकांक्षा छैन । यो वा त्यो बन्ने भनेर म आएकै होइन । भौतिकवादी हुने, कम्युनिस्ट बन्ने, जनताको सेवक बन्नेबाहेक अहिले पनि यो वा त्यो चाहिन्छ भन्ने माग छैन ।

मेरो मृत्यु

मृत्यु स्वाभाविक प्रक्रिया हो । मृत्युसँग खेलेकाले डर लाग्दैन । पटक–पटक मृत्युनजिक पुगेको थिएँ । बेनी आक्रमणको कुरा हो । हामी बसेकै ठाउँमा बम खसाइयो । ६ साथीको ठाउँका ठाउँ ज्यान गयो । बम प्रहार गरेको देखेर हो वा कसरी एक स्टाफले मलाई ढोकापट्टि ठेल्दिनुभयो । तसर्थ, बाँचें । उहाँ आफैंसहित आठजना घाइते भए ।

मृत्यु यस्तै होस् भन्ने लोभ छैन ।

यो जीवनकथा पनि पढ्नुहोस्

भरिया दिलबहादुर श्रेष्ठको जीवन : पुक्लुक्क मर्न पाए आनन्द हुन्थ्यो

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

नवनिर्वाचित सांसद सुरेशकुमार राई ‘हिमाल’ को जीवन : सिमलको भुवाजस्तै प्रतिनिधि बन्ने ध्याउन्न

नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन

========================

नेपालकै पहिलो गभर्नर हिमालयशमशेर राणाको जीवन : देवशमशेरका सन्तान हामी अन्य राणाजीभन्दा गरीब

सिभिल बैंक सीईओ किशोर महर्जनको जीवन : ३३ वर्षे ‘बैंकिङ करिअर’ मा करोडपतिलाई अर्बपति बनाएँ

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको जीवन : त्यतिबेला पाइन्ट लगाउनेलाई कांग्रेस भनिन्थ्यो

मानवअधिकारकर्मी कृष्ण पहाडीको जीवन : मलाई सनक चढ्यो पहेँलो लुगा लगाएँ

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको जीवन : जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु

राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन : ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मेरो जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

मेरो जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

 राजन मुकारुङ मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

शंकर पोखरेल  मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो

उपेन्द्र सुब्बा  मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

वर्षमान पुन ‘अनन्त’ मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

योगेश भट्टराई  मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

प्रदीप पौडेलको जीवन : मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

लालबाबु पण्डित जिन्दगी : यी हुन् का खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

चित्रबहादुर केसीको जिन्दगी :खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप