बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खाडी मुलुकमा मूल्य अभिबृद्धि करको असर : युएईमा मात्रै दुई लाख नेपाली प्रभावित

शुक्रबार, २१ पुस २०७४, १० : २२
शुक्रबार, २१ पुस २०७४

युएई । नयाँ बर्षसँगै युएई लगाएत अन्य खाडी मुलुकमा लगाईएको मूल्य अभिबृद्धि कर (भ्याट) र इन्टरनेट फ्रि कल सेवा बन्दले युएईका नेपालीहरू प्रभाबित भएका छन् । 

गत जनवरी १ तारिकदेखि लागु हुने गरी युएई सरकारले ५ प्रतिशत मूल्य अभिबृद्धिकर (भ्याट) र ईन्टरनेट मार्फत फ्रि कल (स्काईप, भाईबर, म्यासेन्जर, इमो) जस्ता सेवाहरू बन्द भए पछि नेपालीहरू प्रभाबित भएका हुन् । दुताबासको तथ्याङ्क अनुसार युएईमा रहेका २ लाख ६ हजार नेपालीहरूले  दैनिक उपभोग्य बस्तुहरू खरिदमा अतिरिक्त कर तिर्नु पर्दा प्रत्यक्ष असर परेको छ । त्यस्तै इन्टरनेट फ्रि कल बन्द भए लगतै सञ्चार (कम्युनिकेसन) मा ठूलो समस्या परेको छ । जसले गर्दा युएईमा रहेका नेपालीहरूको दैनिक  खर्च बढेकोे छ ।

दैनिक प्रयोगमा आउने खाद्यन्न, लत्ता कपडा, पेय पदार्थ, बिजुली सामान, सुनका गरगहना, टेलिफोन, रेमिटेन्स (नेपाल पैसा पठाउन) सबैमा कर लाग्नेछ  आबास,मासिक तलब, यातायात, शिक्षा, अस्पतालमा लाग्ने शुल्कमा भने कर लाग्ने छैन ।

युएई सरकारले ५ प्रतिशत मूल्य अभिबृद्धिकर तोकेपनि सानातिना कम मूल्यका बस्तुहरू खरिद गर्दा ग्रहक ठगिने पाईएको छ । मोरङ घर भएका  नबराज बस्नेतका अनुसार १ दिराममा पाइने चिया कर लगाएपछि १.५० दिराम तिर्नु परेको छ ।

काभ्रेका दिपक खड्काको गुनासो पनि यस्तै छ । काममा ओभरटाइम घट्दो छ ।  दैनिक उपभोग्य बस्तुमा कर लगाउदा सिमित तलब परिवारलाई  कसरी पठाउने अन्लयोलमा छन ्।

गोरखाका बुद्धि कुमार श्रेष्ठ भन्छन् ‘युएईमा स्काईप, म्यासेन्जर,वाटसप बाट कुरा गर्न नसकिने भयो । नयाँ साल २०१८ बाट भ्याट पनि सरू भयो । अब दुबई बसाई त्यति सहज छैन । गाँउ घरमा नै केही गर्न सकिन्छ कि भन्ने मनस्थिति बनाउनु राम्रो होला की ?’

युएईमा नेपालीहरू काम सके लगतै दैनिक घण्टौँसम्म आफ्ना परिवारसँग स्काईप ,म्यासेन्जर, भाईबर माफर्त भलाकुसारी गर्नै गर्थे । केही समय अघिदेखि युएई सरकारले यस्ता सेवाहरू बन्द गराएसँगै नेपालीहरू अन्योलमा परेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप